मोरङको सुनवर्षी नगरपालिकाका प्रमुख श्याम राजवंशीले एक सय दिनको अवधिमा गरेको काम सार्वजनिक गरेका छन्।
गत असार २१ गते पदभार ग्रहण गरेका प्रमुख राजवंशीले सोमबार सय दिनमा भएका काम सार्वजनिक गरेका हुन्।
समुन्नत र उत्कृष्ट नगरपालिका बनाउन थालेको कामलाई नगरपालिकाले आफ्नो उपलब्धिका रुपमा लिएको छ। सय दिनको काम सार्वजनिक गर्दै राजवंशीले नगरपालिकालाई समृद्धि बनाउन योजनाबद्ध रुपमा विकासका कार्यक्रमहरु अघि सारेको बताए।
उनका अनुसार यस अवधिमा नगरपालिकाले किसानहरुका लागि ५० प्रतिशत अनुदानमा २० वटा ट्रयाक्टर वितरण गरिएको छ।
प्रत्येक वडाका एक विपन्न परिवारलाई दुई कोठाको घर निर्माण गरिदिएको राजवंशीले बताए। त्यस्तै विपन्न रहेका परिवारलाई काजकिरिया खर्च वापत ७ हजार दिन सुरु गरेको छ। यर अघि नगरपालिकाले दुई हजार दिँदै आएको थियो।
नगरलाई उद्यमशील बनाउने तवरले विभिन्न सिपमुलक तालिमहरु सुरु गरिएको छ। कम्पुयुटर, हाउस वाईरिङ्ग, पार्लर लागायतका सिपमुलक तालिम प्रदान गर्न सुरु गरिएको प्रमुख राजवंशीले बताए।
वर्षौंदेखि यस क्षेत्रको समस्याका रुपमा रहेको बक्रा खोलामा पानीको बाहव नियन्त्रणका लागि बाँस पाईलिङ्ग गरिएको छ।
नगरपालिकाले वडा नम्बर १ र ५ का आगलागी पीडितलाई रहात स्वरुप आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ।
किसानहरुका लागि नगरले सिँचाइको विद्युत महशुलमा छुट दिने व्यवस्था गरेको छ।
नगरको पहलमा हुलाकी सडक अन्तरगतको झपरटोलदेखि बरडङ्गा सम्मको काम सुरु भएको छ।
सय दिनको अवधिमा ७ नम्बर वडाको चौतारो टोलमा एक सय मिटरको भोलुङ्गे पुलको योजना छनोट भएको र विभिन्न विकास निर्माणका कामले तीव्रता पाएको प्रमुख राजवंशीले बताए।