सुनको मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

File photo
File photo

सुनकाे मूल्य साेमबार ताेलामा ३०० रुपैयाँले घटेकाे छ। आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० रहेकाेमा साेमबार ३०० रुपैयाँले घटेर ९३ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

यसैगरी तेजाबी सुनको मूल्य तोलामा ९३ हजार १०० रुपैयाँ रहेकाे छ। आइतबार तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ४०० रुपैयाँ रहेको थियो।

सुनकाे मूल्य घटे पनि साेमबार चाँदीको मूल्य भने स्थिर छ। चाँदीको मूल्य भने लगातार तेस्रो दिनदेखि स्थिर रहँदै आएकाे छ। महासंघले साेमबार चाँदीको मूल्य तोलामा ११ सय ५० रुपैयाँ रहेको जनाएको छ।

प्रकाशित मिति: : 2022-09-12 11:42:00

प्रतिकृया दिनुहोस्