यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
अर्जेन्टिना उत्कृष्ट खेल प्रस्तुत गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । समुह सी को अन्तिम खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २-० ले पराजित गर्दै समुह बिजेताका रूपमा अन्तिम १६ मा स्थान बनाएको हो ।
पराजित भए पनि पोल्याण्ड उपविजेताका रुपमा अन्तिम १६ मा पुग्यो ।
विश्वका दुई महान खेलाडी मेसीले अर्जेन्टिना र लेण्डोवेस्कीले पोल्याण्डको कप्तानी गरिरहेको खेललाई यी दुई महान खेलाडीबीच प्रतिष्ठा खेलको रूपमा हेरिएको थियो ।
दुबै महान खेलाडीले गोल गर्न नसके पनि मेस्सी खेलमा छाइरहे । उनले गरेका सात प्रहार पोलिस किपरले बिफल बनाइ दिएका थिए । तर, लेण्डोवेस्की भने मैदानमा थिए कि थिएनन् भन्ने पनि दर्शकहरूले खासै थाहापाएनन् ।
अर्जेन्टिनाले दुबै गोल हाफ टाइम पछि गरेको थियो । ४६औं मिनेटमा माक एलिस्टरले गोल गरेका थिए भने ६७ औं मिनेटमा अल्भारेजले दोस्रो गोल गरे ।
३९औं मिनेटमा पाएको पेनाल्टीलाई मेसीले गोलमा परिणत गर्न सकेनन् । यसरी दर्शकलाई निराश पारे पनि उनले उत्कृष्ट खेल खेलेर त्यसको भर्पाइ गरिदिए ।
खेल लगभग अर्जेन्टिनाको पक्षमा एकतर्फि रह्यो ।
प्रिक्वार्टर फाइनलमा अर्जेन्टिनाले शनिबार अपरान्ह २ बजे अस्ट्रलियासँग खेल्नेछ भने पोल्याण्डले आइतबार १ बजे फ्रान्ससँग खेल्ने छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया