
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
प्रतिस्णा रेग्मी
साेमबार दिनभर नेपालका पहाडी जिल्लाहरुमा हर्षाेल्लासका साथ हाेली पर्व मनाइरहँदा नेपाली राष्ट्रिय क्रिकेट टाेलीले संयुक्त अरब इमेरेट्स (युएई)काे गर्मीमा घरेलु टाेलीसँग प्रतिस्पर्धा गरिरहेकाे थियाे। दुबई इन्टरनेशनल स्टेडियमा टस जितेर पहिले ब्याटिङ राेजेकाे नेपालले सुखद सुरुवात गर्न सकेन।
भरपर्दा ब्याटम्यानहरुले नै राम्राे खेल्न नसकेपछि मध्यओभरसम्मा नेपालले दर्शकहरुलाई निराश बनाइरहेकाे थियाे। तर, जब भीम सार्की र सन्दीप लामिछानेले संकटमा रहेकाे टाेलीलाई राहद दिलाए। त्यसपछि नेपालले सुखद स्काेर बनाउँदै युएईलाई २ सय ३० रनकाे लक्ष्य प्रस्तुत गर्याे।
विगतकाे तुलनामा नेपालले दिएकाे साे लक्ष्य युएईकाे लागि सामान्य नै थियाे। हुन पनि युएईका ब्याटम्यानहरुले नेपालका सन्दीप लामिछाने, करण केसी, साेमपाल कामीजस्ता बलरकाे बल धमाधम उडाएका थिए। खेलकाे मध्यओभरसम्म नेपालका बलरहरुले सुखद प्रर्दशन गर्न सकेका थिएनन्। त्यतिबेला नेपालले हार्ने अनुमान गर्दै समर्थकहरुमा निराशा छाइसकेकाे थियाे। तर, जब ८२ रन बनाएर खेलिरहेका युएईका आसिफ खानलाई आउट गरेर दिपेन्द्रसिंह ऐरीले डाइफ हाने त्यसपछि खेल नेपालकाे पाेल्टमा पर्याे। त्यसपछि नेपाली बलरका युएई ब्याट्सम्यानहरु टिक्न सकेनन्। अन्तत: नेपालले युएईमाथि ४२ रनकाे राेमाञ्चक जित निकाल्याे।
जारी सिरिजमा युएईसँगकाे पहिलाे खेलमा नेपाल हारिसकाेले आज पनि गाह्राे हुने अनुमान गरिएकाे थियाे। यद्यपि, नेपालले आफ्नाे यात्राबाट युएई साइट लगाएरै छाड्याे।
यसैपनि नेपालकाे लागि युएईसँगकाे खेलकाे निकै अर्थले महत्वपूर्ण थियाे। नेपालले युएईलाई पराजित गरे मात्रै बाँकी यात्राकाे लागि ढाेका खुल्ने थियाे। जहाँबाट नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप छनाेटसम्म पुग्न सक्ने बाटाे खुल्थ्याे।
आजकाे खेल जितेसँगै नेपाल आइसीसी विश्वकप क्रिकेट लिग- २ काे पाँचाै स्थानमा उक्लिएकाे छ। नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकसहित पाँचै स्थानमा छ। अब बिहीबारदेखि घरेलु मैदानमा सुरु हुने सिरिजमा नेपालले सबै खेल जितेमा ३६ खेलबाट ४० अंक बनाउनेछ। जुन नजिताले नेपाल शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न पाउनेछ।
त्यस्तै नेपालकाे लागि अर्काे चुनाैति पनि रहेकाे छ। त्याे हाे एकदिवसीय मान्यता पाउनु। अब घरेलु मैदानमा हुने चार खेलमध्ये दुई खेल जिते नेपालले एकदिवसीय मान्यता पाउनेछ, जुन नेपालकाे लागि अत्यन्त महत्वपूर्ण हाे।
अंक तालिकामा नेपालभन्दा अगाडि स्कटल्याण्ड, ओमान, नामिबिया र अमेरिका छन। नेपालले घरेलु मैदानमा हुने चारवटै खेल जितेमा अमेरिका र नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा उक्लिनेछ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया