बुधबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो।
मंगलबार १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज १ लाख ८८ हजार ९०० रुपैयाँमा कारोवार भइरहेको छ।
यसैगरी आज चाँदीको मूल्य भने घटेको छ।
मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो।