‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेमाथि गम्भीर नैतिक प्रश्न उठाएका छन्।
बिहीबार कार्यवाहक प्रवक्ता मनिष झाले सार्वजनिक गरेको ३२ पृष्ठ लामाे समीक्षा प्रतिवेदनमा ढकालले लामिछानेमाथि प्रश्नै–प्रश्न गरेका हुन्।
प्रतिवेदनमा सहकारी ठग जीवी राईलाई समात्न नसकेको भन्दै सभापतिको आलोचना गरेका छन्। त्यस्तै, सभापति लामिछानेसँग भेट्नभन्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न सजिलो भएकाे बताएका छन्।
‘जीवी राई कहिले समातिन्छन्? समात्न सकिंदैनथ्ये भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको?’, उनले प्रतिवेदनमा प्रश्न गरेका छन्।
ढकालले सभापति लामिछानेमाथि उठाएका प्रश्नहरू:
— चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको? सभापति आफैं गृहमन्त्री भएर किन गएको? सिके राउत जस्तो ब्याकमा किन नबसेको?
— जीवी राई कहिले समातिन्छन्? समात्न सकिदैनथ्ये भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको?
— सभापतिसँग भेट्नभन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो छ।
.— सभापतिको सचिवालयमा मृदुभाषी भएनन्। यही सचिवालयबाट अगाडि बढे सभापतिबाट राजनीति सम्भव छैन।
— किन ग्यालेक्सीको टिम धेरै भयो? सभापतिले विश्वासको दायरा बढाउन नसकेको हो?
— सरकारमा गएपछि सोचे अनुरूप फाइल किन खोलिएन?
— निर्मला पन्तलाई न्याय कहिले मिल्छ?
— ब्लु बस र रोजगारीको कुरा कता पुग्यो?
— सभापतिमा त्यागको भावना छैन भन्ने सन्देश गएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया