दाङको घोराही उपमहानरपालिका १७ स्थित कर्जाही ड्याममा डुबेर बपेत्ता भएका व्यक्ति अझै भटिएका छैनन्। सोमबार विहान ११ बजेतिर एक व्यक्ति घोङ्घी टिप्न गएका सोही ठाउँका ४० वर्षीय अम्मर चौधरी ड्याममा डुबेर बेपत्ता भएका हुन्।
उनी डुबेको २४ घण्टा पुग्न लाग्दासमेत (विहान ७ बजेसम्म) प्रहरीले भेटाउन सकेको छैन। खोजि कार्य भइरहेको भए पनि ड्याम गहिरो र अक्सिजनसहितको उपकरणको समस्याले चौधरीलाई भेटाउन कठिन परिरहेको दाङ प्रहरीले जनाएको छ।
चौधरीको खोजिामा अहिले सेना लागिरहेको छ। ड्याम २५ देखि ३५ मिटर गहिरो र दलदलका साथै रुखहरु ढलेका कारणले पनि खोजि गर्न असहज भएको प्रहरीको भनाइ छ। यो ड्याम कृतिम रुपमा बनाइएको ड्याम हो।