ए डिभिजन लिग

ए डिभिजन लिगको प्रत्यक्ष प्रसारण कान्तिपुरले गर्ने

Photo : NK
Photo : NK

कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने भएको छ। कान्तिपुरले एन्फासँग एक वर्षका लागि प्रसारण अधिकार लिएको हो।

बिहीबार भएको सम्झौतापत्रमा एन्फाका तर्फबाट महासचिव इन्द्रमान तुलाधर र कान्तिपुर टेलिभिजिनका तर्फबाट मार्केटिङ म्यानेजर गौरी दाहालले हस्ताक्षर गरेका छन्।

हस्ताक्षर कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कान्तिपुरका सुरज सिंह ठकुरीको पनि उपस्थिति थियो। अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको ए डिभिजन लिग २९ कात्तिकमा सुरु हुनेछ। दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।

कान्तिपुर टेलिभिजनबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलहरू प्रत्यक्ष प्रसारण हुनेछ। १४ टिमको सहभागीता रहने ए डिभिजन लिगमा १३ राउण्डको ९१ खेलबाट लिगको विजेता टुंगो लाग्नेछ। यस पटक लिगमा २ क्लब रेलिगेशनमा पर्नेछन्। 

प्रकाशित मिति: : 2021-11-11 13:20:00

प्रतिकृया दिनुहोस्