नेकपा (एमाले) रोल्पाको दोस्रो पूर्ण बैठक लिवाङमा सम्पन्न भएको छ।
बैठकले गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नगरपालिका, गाउँपालिका र वडा तहसम्मको निर्वाचनको समीक्षा गरेको छ।
स्थानीय तहमा निर्वाचित जनप्रतिधिहरूलाई बधाई एव सफल कार्यकालको शुभकमाना दिनुका साथै मतदाताहरूलाई धन्यावाद दिएको छ।
बैठकले रोल्पा जिल्लाका सबै स्थानीय तहमा छायाँ सरकार निर्माण गरी छायाँ सरकार निर्माण गरी जनतासँग जोडिएका विषय तथा सरकारलाई खवरदारी गर्ने निर्णय गरेको छ।
स्थानीय सरकारले ल्यायको नीति तथा कार्यक्रहरू र बजेटका सन्दभमा राम्रा कामलाई रचनात्मह रूपले सुझा सल्लाह र सहयोग गर्ने र जनताको विपक्षमा हुने कामहरूको उक्त छायाँ सरकारले भण्डाफोर गर्ने निर्णय गरेको एमाले रोल्पाका अध्यक्ष बालाराम बुढाले बताएका छन्।
यस्तै पछिल्लो समय डिजेल पेट्रोल लगायत दैनिक उपभोग्य सामानहरूमा चरम मुल्य बृद्धि भैरहेको तथा महंगीले जनताहरू मारमा परिरहेको भन्दै एमाले रोल्पाको तर्फबाट ध्यानाकर्षण भएको नेकपा एमाले रोल्पाले बताएको छ।
मुल्य वृद्धिलाई तत्काल नियन्त्रण गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारलाई खबरदारी गर्ने अध्यक्ष बुढाले बताएका छन्।
त्यस्तै गरी एमाले रोल्पाको जिल्ला भेला तथा प्रशिक्षण भदौ महिनाको तेस्रो हप्ता गर्ने कार्य सूचि बनाएको छ, भने जिल्लामा क्रियाशिल सबै जनवर्गीय संगठनहरूको संयुक्त जिल्ला भेला प्रशिक्षण र सम्मेलन पनि भाद्रको तेस्रो साता गर्ने निर्ण गरेको छ।
रोल्पा जिल्लाको सबै स्थानीय तहका वडा, पालिका र नगर पालिको बैठक भेला भाद्रको दोस्रो साता गर्ने निर्णय गरेको छ। जिल्लाका सबै विभागहरूको बैठक साउन महिनाको दोस्रो साता भित्र गरी सक्ने निर्णय भएको नेकपा एमाले रोल्पाले जनाएको छ।