प्रदेश–१ खेलकुद विकास बोर्डको सदस्य सचिवमा हंशराज वाग्ले

प्रदेश–१ मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गर्ने निणर्य गरेको छ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले बोर्डको उपाध्यक्ष र सदस्य सचिव नियुक्ति गर्ने निणर्य गरेको हो।

प्रदेश–१ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव हंशराज वाग्ले र उपाध्यक्ष जीना कार्कीलाई नियुक्त गर्ने निणर्य गरेको छ। यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीले सन्तोषजनक काम गर्न नसकेकाले निजहरूलाई बर्खास्त गर्ने निणर्य गरेको थियो।

त्यस्तै, बैठकले केही आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकताका आयोजनाका रुपमा तोक्ने निणर्य गरेको प्रदेश–१ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री घिमिरेले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2022-04-05 11:39:00

प्रतिकृया दिनुहोस्