वडाध्यक्षले चलाएको मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु 

उदयपुर त्रियुगा नगरपालिका-६ का वडा  वडाध्यक्ष  निर्मल चौधरीले मोटरसाइकलले ठक्कर दिँदा बुधबार राति एक जना पैदल यात्रीको मृत्यु भएको छ।

गाईघाटबाट जलजलेतर्फ जाँदै गरेको स १ ब ८९७ नम्बरको सरकारी मोटरसाइकलले उदयपुरको त्रियुगा नगरपालिका–६ मा पैदल यात्री पुरुषलाई ठक्कर दिँदा दुर्घटना भएको हो। राति ८ः२० बजेतिर भएको दुर्घटनामा परेर अन्दाजी ५० वर्षीय रामचन्द्र चौधरीको मृत्यु भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको उपचारका लागि विराटनगरतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर मोटरसाइकल चालक त्रियुगा–६ का वडाध्यक्ष ४० वर्षीय निर्मल चौधरी पनि सामान्य घाइते भएका छन्। 
उनलाई उपचारका लागि विराटनगरतर्फ ल्याइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर अर्जुनधारा–९ की ७८ वर्षीया शिवमाया दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बिर्तामोडको बि एन्ड सी अस्पतालमा राति १२ बजेतिर मृत्यु भएको हो। 

प्रहरीले दुर्घटनालगत्तै फरार बनेका मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका–१ का २१ वर्षीय प्रेम गुरुङको खोजी तीव्र पारिएको जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको हो। 

प्रकाशित मिति: : 2022-02-24 08:01:00

प्रतिकृया दिनुहोस्