(अडियो संवाद)

'स्थानीय तहकाे जिम्मेवारी सम्हाल्दा बनाएका याेजनाहरू पूरा हुँदैछन्'

कोरोना भाइरसको दोस्रो लहरले राेल्पाकाे थवाङ गाउँपालिकालाई पनि सामान्य प्रभावित पारेको छ।

महामारी नियन्त्रण र रोकथामको निम्ति पाँच शैय्याको आइसोलेशनलाई बढाएर गाउँपालिकाले २० शैय्याकाे बनाएकाे छ।विभिन्न व्यक्तिहरूको पहल र सहयोगमा अक्सिजन सिलिण्डरकाे समस्या समाधान भएकाे छ।

विदेशमा रहेका थबाङीहरूको सहयोगमा पाँच वटा स्वास्थ्य उपकरण पनि व्यवस्थापन गरिएकाे छ। साउदी अरबमा बस्ने युवाहरूले स्वास्थ्य सामग्री सहयोग गरेका छन्।

विभिन्न व्यक्तिहरूबाट सहयोग जुटेको कारण अहिले प्राप्त मात्रामा स्वास्थ्य सामग्री उपलब्ध रहेकाे गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीले बताए।

निश्चित व्यक्तिहरुकाे सहभागितामा सामजिक दुरी कायम गरी भौतिक पूर्वधारका कामहरू सञ्चालन भइरहेकाे छ।

महामारी नियन्त्रण गरी जनताको जीवन रक्षा गर्दै जनजीवनलाई सामान्य स्थितिमा ल्याउनु स्थानीय सरकारकाे पहिलाे दायित्व भएकाे उनले बताए।

थबाङ ऐतिहासिक गाउँ भएकाले पनि तीनै तहको सरकारबाट प्राप्त अनुदानकाे पूर्ण सदुपयाेग भइरहेकाे अध्यक्ष घर्तीले जानकारी दिए। 

'मैले जुन याेजना लिएर कार्यकाल सम्हालेकाे थिए, ती सबै विस्तारै पूरा हुदैछन्', उनले भने, 'केही कामहरू निर्माणाधीन अवस्थामा पनि छन्। छिट्टै नै सबै याेजनाहरू सम्पन्न हुन्छन्।'

एकसय गन्तव्यमा परेको चर्चित पर्यटकीय क्षेत्र जलजलालाई धार्मिक गन्तव्य संरक्षण गर्न विभिन्न याेजनाहरू अघि सारिएकाे अध्यक्ष घर्तीले बताएका छन्। काेराेना महामारी नियन्त्रणपछि थबाङ–जलजलामा आन्तरिक पर्यटकहरूकाे चहल–पहल बढ्ने बताइएकाे छ।

थवाङमा रहेका परम्परागत सांस्कृतिहरुलाई पनि संरक्षण गर्न सूचीकृत गरेर व्यवस्थित गर्ने काम भइरहेकाे छ।


विकासले फड्काे मार्दै गरेकाे 'विद्रोही' थबाङ

थबाङ गाउँपालिका नेपाल संघीयतामा गएपछि निर्मित ७५३ स्थानीय तहमध्ये एक हो।

साबिकको उवा, मिरुल र थबाङ गा.वि.स मिलेर थबाङ गाउँपालिका बनेको हो। भौगोलिक रुपले सुन्दर थबाङको राजनीतिक इतिहास पनि अनुपम छ।

राज्यको नजरमा सधै विद्रोही थबाङमा कम्युनिस्ट दर्शन, सिद्धान्त र आन्दोलनको गहिरो प्रभाव परेको छ। यो सधै उत्पीडन र शाेषणविरुद्ध र समानतको पक्षमा आवाज उठाउँदै आएको एक नाम हो– 'थबाङ'।

समानताको वकालत गर्ने थबाङमा देशको अन्य भू–भागका जस्तो जातीय विभेद छैन। राज्यको साशकीय अधिकार स्थानीय तहमा पुगेपछि थबाङ गाउँपालिका अहिले विकासको पथमा लम्किरहेको छ। 


जापानको सुख सयल त्यागेर थबाङीको उपचारमा खटिएका डाक्टर

सयपत्री फूलले बारी पहेँलपुर भैसकेको थियो। आकाश नीलाम्मे थियो।

यसो भनौं, तिहारको रमझम सुरू हुनै लागेको थियो। हामी (हल्याण्डका २ मित्र र म) गुरिल्ला पदमार्ग हुँदै रोल्पाको थवाङ गाउँ पुग्दा मध्य दिन, घाम झलल लागिररहेको थियो। सधैं चहलपहल देखिने गाउँ अलिक सुनसान लाग्यो। पर्वले छोपेका बेला किन सुनसान भयो, बुझ्न सकिनँ।

थबाङ विद्रोही चेतनाले ओतप्रोत गाउँ। यसले थुपैं विद्रोही जन्माएको छ। क्रान्तिको बिगुल फुक्ने गाउँ। गाउँलेको सहासको कथा बेग्लै छ। यतिबेला म यस क्षेत्रको स्वास्थ्य सेवामा जुटिरहेका डा.र्‍युचिकी इशिदाको कुरा गर्दैछु।

केही समय अघि मैले यात्रा (बुद्व एयरको इन्फ्लाइट म्यागेजिन) मा उनको विषयमा लेखेको थिएँ। त्यो स्टोरी पढेका हल्याण्डका मित्र उनलाई भेट्न आतुर थिए। मलाई पनि भेट्नु थियो। किनभने पुरानो नै सही, उनलाई यात्रा म्यागेजिन दिनु थियो। सबैभन्दा ठूलो कुरो, उनको कथा सुनेर झन् प्रेरित हुनु थियो।

काठमाडौंबाट हिँडेको चौंथो दिनमा थवाङ पुगे लगत्तै होमस्टेमा झोला बिसाएर हामी सोझैं अस्पतालतिर लाग्यौं। चाड परेकाले होला, त्यहाँ भीड थिएन। डा. इशिदा क्टवाटरमै रहेछन्। खुसी लाग्यो उनलाई भेट्न पाउँदा।

मैले दुवै हात जोडेर भनें, ‘मोशी मोशी।’

मन्द मुस्कान छर्दै उनले पनि हात जोडे– मोशी ! मोशी, नमस्ते।’ पूरा समाचार

प्रकाशित मिति: : 2021-06-21 12:44:00

प्रतिकृया दिनुहोस्