बिएल संवाददाता
थबाङ गाउँपालिका नेपाल संघीयतामा गएपछि निर्मित ७५३ स्थानीय तहमध्ये एक हो।
साबिकको उवा, मिरुल र थबाङ गा.वि.स मिलेर थबाङ गाउँपालिका बनेको हो। भौगोलिक रुपले सुन्दर थबाङको राजनीतिक इतिहास पनि अनुपम छ।
राज्यको नजरमा सधै विद्रोही थबाङमा कम्युनिस्ट दर्शन, सिद्धान्त र आन्दोलनको गहिरो प्रभाव परेको छ। यो सधै उत्पीडन र शाेषणविरुद्ध र समानतको पक्षमा आवाज उठाउँदै आएको एक नाम हो– 'थबाङ'।
समानताको वकालत गर्ने थबाङमा देशको अन्य भू–भागका जस्तो जातीय विभेद छैन। राज्यको साशकीय अधिकार स्थानीय तहमा पुगेपछि थबाङ गाउँपालिका अहिले विकासको पथमा लम्किरहेको छ।
.jpg)
सयपत्री फूलले बारी पहेँलपुर भैसकेको थियो। आकाश नीलाम्मे थियो।
यसो भनौं, तिहारको रमझम सुरू हुनै लागेको थियो। हामी (हल्याण्डका २ मित्र र म) गुरिल्ला पदमार्ग हुँदै रोल्पाको थवाङ गाउँ पुग्दा मध्य दिन, घाम झलल लागिररहेको थियो। सधैं चहलपहल देखिने गाउँ अलिक सुनसान लाग्यो। पर्वले छोपेका बेला किन सुनसान भयो, बुझ्न सकिनँ।
थबाङ विद्रोही चेतनाले ओतप्रोत गाउँ। यसले थुपैं विद्रोही जन्माएको छ। क्रान्तिको बिगुल फुक्ने गाउँ। गाउँलेको सहासको कथा बेग्लै छ। यतिबेला म यस क्षेत्रको स्वास्थ्य सेवामा जुटिरहेका डा.र्युचिकी इशिदाको कुरा गर्दैछु।
केही समय अघि मैले यात्रा (बुद्व एयरको इन्फ्लाइट म्यागेजिन) मा उनको विषयमा लेखेको थिएँ। त्यो स्टोरी पढेका हल्याण्डका मित्र उनलाई भेट्न आतुर थिए। मलाई पनि भेट्नु थियो। किनभने पुरानो नै सही, उनलाई यात्रा म्यागेजिन दिनु थियो। सबैभन्दा ठूलो कुरो, उनको कथा सुनेर झन् प्रेरित हुनु थियो।
काठमाडौंबाट हिँडेको चौंथो दिनमा थवाङ पुगे लगत्तै होमस्टेमा झोला बिसाएर हामी सोझैं अस्पतालतिर लाग्यौं। चाड परेकाले होला, त्यहाँ भीड थिएन। डा. इशिदा क्टवाटरमै रहेछन्। खुसी लाग्यो उनलाई भेट्न पाउँदा।
मैले दुवै हात जोडेर भनें, ‘मोशी मोशी।’
मन्द मुस्कान छर्दै उनले पनि हात जोडे– मोशी ! मोशी, नमस्ते।’ पूरा समाचार
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया