प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९ जनामा कोरोना संक्रमण भएको छ। ३६६ जनाको पीसीआर परीक्षण गर्दा २५ र ३५८ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, सुनसरीमा ४, पाँचथर र झापामा २–२, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो।
मोरङको विराटनगरमा ३, बुढीगंगा, सुनबर्षी, लेटाङ, केराबारी, कानेपोखरी, र बेलबारीमा १–१, सुनसरीको कोशी गाउँपालिकामा २, इटहरी र देवानगञ्जमा १–१, पाँचथरको फालेलुङ र फिदिममा १–१, झापाको दमक र मेचीनगरमा १–१, धनकुटाको पाख्रिबास र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा आज १०१ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ५० महिला र ५१ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या १ हजार ३९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।