यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
रातोपाटी
राजनीतिक विश्लेषक पुरञ्जन आचार्यलाई अहिले सामाजिक सञ्जालमा आलोचकहरूले उडाउन थालेका छन्। किनभने, आचार्य मोरङको क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भए। शेखर कोइरालालाई सभापति जिताउने अभियानमा सक्रिय रहेका आचार्य महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि यसले उनको ‘राजनीतिक विश्लेषक’को छविमाथि नै प्रहार गरेको छ।
तर, यसको अर्थ के होइन भने आचार्य सफल राजनीतिक विश्लेषक नै होइनन्। आचार्यको विश्लेषणात्मक क्षमता र चुनावी पराजयबीच खासै साइनो छैन। तथापि हामीले यो हारबारे आचार्यलाई सोध्यौं, ‘तपाईं गुटबन्दीको शिकार हुनुभयो वा काँग्रेसका प्रतिनिधिहरूले त्यागी एवं वौद्धिक व्यक्तित्वलाई चिन्न छाडे ?’ जवाफमा उनले भने, ‘यो मेरो खासै रुचीको विषय थिएन। कहिलेकाहिँ के हुन्छ भने आफूलाई रुची लागेको विषय मात्रै गर्न पाइँदैन नि। कहिलेकाहिँ साथीहरूको संगतबाट पनि केही कुराहरू गर्नुपर्ने हुन्छ।’
महाधिवेशन प्रतिनिधिमा किन हारियो जस्तो लागेको छ ? भन्ने रातोपाटीको पुन: प्रश्नमा आचार्य थप्छन् ‘म कुनै गुट बनाएर, पैसा खर्च गरेर लागिनँ। त्यो जित हारले मलाई केही पनि असर गर्दैन। मसँग व्यक्तिगत विकल्पहरू थुप्रो छन्। म महाधिवेशन प्रतिनिधि हुने, केन्द्रीय सदस्य हुने, मन्त्री हुने यी मेरा लागि नभई नहुने विकल्पहरू होइनन्। मैले भाषणमै भनेँ, मभन्दा योग्य र सक्षम कोही छ भने तपाईंहरू त्यसैलाई भोट दिनोस्।’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया