नक्कली भुटानी शरणार्थी प्रकरण

साढे दुई घण्टाको बयान दिएर बाहिरिएको खाँण

फाइल तस्विर
फाइल तस्विर

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली काँग्रेस नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सकिएको छ। गत बुधबार पक्राउ परेका उनले आज (सोमबार) बबरमहलस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा बयान दिएका हुन्।

बिहान करिब साढे ११ बजे सरकारी वकिलको कार्यालयमा प्रवेश गरेका खाँण दुई बजे निस्किएका हुन्।

बयान दिएसँगै उनलाई प्रहरीले टेकुस्थित काठमाडौँ प्रहरी परिसरमा लगेको छ।

उनीमाथि गृहमन्त्री हुँदा नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै ठगी गर्ने गिरोहसँग साँठगाँठ गरेर करोडौँ रकम खाएको आरोप छ।

हिजो आइतबार जिल्ला अदालत काठमाडौँमा चार दिनको म्याद थपेर बयान लिइएका हो। प्रहरीले गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्व गृहसचिव टेकनारायाण पाण्डेको मोबाइलमा गिरोहले पैसा पठाएको प्रमाण भेटिएको बताएको छ।

त्यस्तै खाँणकी श्रीमती तथा सांसद मञ्जु खाँणले गिरोहबाट ६ करोड बुझेको अडियो सार्वजनिक भएको थियो।

प्रकाशित मिति: : 2023-05-15 14:02:00

प्रतिकृया दिनुहोस्