‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली काँग्रेस नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सकिएको छ। गत बुधबार पक्राउ परेका उनले आज (सोमबार) बबरमहलस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा बयान दिएका हुन्।
बिहान करिब साढे ११ बजे सरकारी वकिलको कार्यालयमा प्रवेश गरेका खाँण दुई बजे निस्किएका हुन्।
बयान दिएसँगै उनलाई प्रहरीले टेकुस्थित काठमाडौँ प्रहरी परिसरमा लगेको छ।
उनीमाथि गृहमन्त्री हुँदा नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै ठगी गर्ने गिरोहसँग साँठगाँठ गरेर करोडौँ रकम खाएको आरोप छ।
हिजो आइतबार जिल्ला अदालत काठमाडौँमा चार दिनको म्याद थपेर बयान लिइएका हो। प्रहरीले गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्व गृहसचिव टेकनारायाण पाण्डेको मोबाइलमा गिरोहले पैसा पठाएको प्रमाण भेटिएको बताएको छ।
त्यस्तै खाँणकी श्रीमती तथा सांसद मञ्जु खाँणले गिरोहबाट ६ करोड बुझेको अडियो सार्वजनिक भएको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया