युनियन लाइफ इन्स्याेरेन्स, अर्घाखाँचीले दुर्घटनामा मृत्यु भएकाे परिवारलाई बीमा रकम भुक्तानी गरेकाे छ।
गत महिना बुटवलबाट शव लिएर गुल्मीकाे रिडीतर्फ जाँदै गर्दा पाल्पामा बस दुर्घटनामा परी ज्यान गुमाउने मालारानी– ४ कुबिण्डे निवासी भाेजेन्द्र वि.ककाे हकवाला आमा भूपी टोमाटोलाई शुक्रबार सन्धिखर्कमा आयाेजित एक कार्यक्रममार्फत् मृत्यु दाबी अन्तर्गत रकम हस्तान्तरण गरिएकाे हाे।
भाेजेन्द्रले युनियन लाइफ इन्स्याेरेन्स, अर्घाखाँची शाखाबाट रु. ५ लाखको सावधिक जीवन बीमा गरेका थिए। बीमा गरेकै तीन महिनामा ज्यान गुमाएका उनकाे परिवारलाई कम्पनीले मृत्यु दाबी अन्तर्गत रू. १० लाख १९ हजार ५ सय बराबरकाे चेक हस्तारण गरेकाे शाखा प्रमुख दिनेश सुनारले बताए।
सुनारले भोजेन्द्र आज यो धर्तीमा नरहे पनि आफ्नी विधुवा आमालाई जीविकापार्जनकाे स्राेत बनाएर गएकाे भन्दै दिवङ्गत आत्माकाे चिरशान्तिकाे कामना समेत गरे।