युक्रेन–रूस युद्ध

९२ वर्षीय 'वार भेटारान', जाे रूसकाे लागि विश्वयुद्ध लडे तर पुटिनबाटै लखेटिए

Photo : BBC
Photo : BBC

जब अर्काडी पेर्चेन्को ११ वर्षका थिए, उनले सोभियत सेनासँग मिलेर रूसकाे पक्षमा नाजीविरुद्धको लडाइमा भाग लिएका लिए। तर, अहिले ९२ वर्षको उमेरमा उनै अर्काडी रूसकै हमलाका कारण घरबाट भाग्नु परेकाे छ।

‘मैले गोलाबारुदहरू उडिँरहेको सुनेर तुरुन्तै थाहा पाइहालेँ युद्ध सुरू भयाे भनेर,’ दोस्रो विश्वयुद्धका वार भेटरान ती कहालीलाग्दो दिन स्मरण गर्दै बिबिसीसँग भने। रूस–युक्रेन युद्धपछि ९२ वर्षको उमेरमा अर्काडीले रुसी सेनाबाट उम्कन युक्रेनमा रहेको आफ्नो घर छोड्न बाध्य भएकाे बताए। यो उनको दोस्रो पटक युद्धबाट भाग्नु परेको कथा हो।

एक जवान यहूदी केटाको रूपमा उनी पहिलो विश्वयुद्धताका नाजीहरूबाट ज्यान जोगाउन भाग्दै गर्दा आफ्नो परिवारबाट अलग भएका थिए। नाजीहरुद्वारा यहूदीहरुलाई खोजी–खोजी गोली हानिरहेका थिए। भेटिएका प्रत्येक यहूदीको वदलामा बोनस स्वरुप प्रदान गर्थै। उनी घरको तलकक्षमा एक महिना लुकेर बसेका थिए। नाजीको क्रुर शाषणको कहालीलाग्दो समयको सम्झना गर्छन उनी,‘जर्मनहरू दुई पटक त्यहाँ गए तर मलाई भेटेनन्।’

नाजीहरूविरुद्ध सोभियत सेनासँगै लड्दै ११ वर्षको कलिलो उमेरमा उनी स्थानीय प्रतिरोधमा सामेल भए।

त्यतिबेला उनीसँग सबैजस्तै स्वचालित हतियारहरू थिए। उनको काँधमा ग्रेनेड र गोलाबारुदको झोला हुन्थ्याे। बालक उमेरमै उनी वयस्कजस्तै ठूला-ठूला युद्ध अपरेशनमा सहभागी भए। जुन रुसीसँग काँधमा काँध र हातमा हात गरेर लडे अहिले तिनै रुसीहरूबाट भाग्नुपर्नेछ भन्ने कहिल्यै चिताएका थिएनन्, उनले।

अहिले आफ्नो जीवनको आठ दशकलाई पछाडि छोडेर उनी भाग्न पर्‍यो। उनी सम्झन्छन,‘राति साइरन बज्यो र गोलाहरू उड्यो र यति धेरै जलिरहेको ... बमहरू।’

स्थिती धेरै भयवाह थियो। उनीसँग केही सामान लग्ने समय नै भएन। जुन चप्पल लगाएका थिए, त्यही चप्पलमै भागे। बिहानको ६ बजिसकेको थियो, उनले अपार्टमेन्ट बन्द गरे, बत्ती निभाइदिएर भागे।

अहिले उनी भागेर ज्यान जोगाउन इजरायलस्थित छाेरीका घरमा पुगेका छन्। रूसले युक्रेनसँगको हमलालाई नाजीहरूसँग लडिरहेको दाबी गरेकोमा उनी भयंकर रिसाउछन। ‘युक्रेन एक शान्त देश हो,’ उनले भने।

दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको बेला सधैं कठिन दिन भएको उनी सम्झन्छन। ‘यो वर्ष त्रासदीपूर्ण छ। परेडको सधैं उत्सव मनाइदैछ। सबै कुरा आगजानी लागेको बेला कसरी उत्सव मनाउछ सकिन्छ ? र चारैतिर जलिरहेको छ।’

र, अन्तमा इजरायलमा छोरीको घरबाट रूसीहरूलाई भावुक हुँदै सन्देश दिँदै उनी भन्छन्,‘मसँग शब्द छैन।’

– बीबीसीबाट

प्रकाशित मिति: : 2022-05-12 12:27:00

प्रतिकृया दिनुहोस्