सञ्चारकर्मी किशोर श्रेष्ठको पहलमा बृद्धबृद्धालाई न्यानो कपडा सहयोग

युट्युवरले समाज बिगारे भनेर यदाकदा सुन्ने गरिन्छ। यद्यपि, केहि युट्युवरहरू यस्ता उदाहरणीय पनि छन्– जसको पहल र सहयोगले दिनदुःखी बिरामीहरूलाई सहयोग मिलेको छ। धेरैलाई न्याय मिलेको छ।

मोरङ, उर्लाबारीका किशोर श्रेष्ठ निडर तथा सहयोगी मनका सञ्चारकर्मी हुन्– उनको पहलले स्थानीयस्तर निक्कै राम्रा काम भएका छन्।

जसको पहलमा लकडाउनमा खाद्यन्य माक्स सेनिटाईजर बितरण भएको थियो। उनै श्रेष्ठको पहलमा उर्लाबारी नगरपालिका–६ का वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरिएको छ। युवा मन नेपाल युट्युव च्यानलका सञ्चालक किसोरले वडामा रहेका विपन्न वर्गका वृद्धवृद्धालाई चिसोबाट बचाउने उदेश्यले न्यानो कपडा वितरण गरिएको बताए।

मौसम परिवर्तन भएसँगै उर्लाबारीमा पनि चिसो बढ्दै गएको छ। वडामा रहेका ३५ जना वृद्धवृद्धालाई कपडा बितरणसँगै खीर, फलफूल खुवाईएको थियो।

एना राई प्रधानको सहयोगमा न्यानो कपडा बितरण गरिएको थियो। सोहि अवसरमा प्रधानलाई सम्मान समेत गरिएको छ। कार्यक्रममा उर्लाबारी–६ का वडा अध्यक्ष चिन्तामणी पौडेल,वडा सदस्य सचिन शाक्य,अम्बिका तामाङलगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष चिन्तामणी पौडेलले सहयोगीदाता प्रति धन्यवाद प्रकट गर्दै मानवीय सेवा मूलक कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको बताए। सञ्चारकर्मी श्रेष्ठले समाचार उठान मात्र नगरेर दुःखमा मल्हमपट्टी लगाउने काम गरेर बताए।

प्रकाशित मिति: : 2021-12-23 20:17:00

प्रतिकृया दिनुहोस्