रुपा शर्मा नेहा
सिन्धुपाल्चोक डाँडागाउँकी ठूलीकान्छी ४० वर्षको उमेरमा कुवेत गइन्– २०७२ सालमा। साहूको ऋण तिर्न नसकेपछि ६० वर्षीय पति र १० कक्षामा पढ्दैगरेको छोरा छाडेर गएकी उनले कुवेतमा दुई श्रम गरिन्। केही पैसा कमाएर जम्मा गरी फर्किएकी हुन्।
पतिले रक्सी खाएर भताभुङ्ग पारेको व्यवहार आफू विदेश गएर पैसा नकमाएको भए कहिल्यै सल्टाउन नसक्ने उनले बताइन्। नेपाल फर्किएपछि उनले साहुकोमा बन्धकी राखेको भैँसी फिर्ता ल्याइन्।
‘जीवनभरि घाँसदाउराबाट कमाउन नसक्ने पैसा कमाएर साहूको सय कडा ३६ को व्याज तिरेँ’, उनले हाँस्दै भनिन्, ‘चाउरी परिसकेको अनुहारमा देखिएको उनको त्यो खुशी वर्णन गरि साध्य छैन।
ठूलीकान्छीले भनिन्, ‘विदेश जाने हो भने उमेरमै त्यहाँको सीप र भाषा सिकेरै जानुपर्छ। त्यसो भए आफूलाई कसैले हेप्न सक्दैन।’
आफू विदेशमा दुःख गरिरहँदा ‘तेरी बुढी अब बिग्रेर आउँछे’ भने पनि पतिले फोनमै तथानाम गाली गरेको सम्झँदै उनले भनिन्, ‘घर फर्किँदा नोटका बिटा साहुलाई बुझाएपछि उनको मुखमा बुजो लाग्यो। त्यही भएर महिलाले कमाउन थाल्यो भने हामीले हेपाइ खान नपर्ने रहेछ।’
ठूली कान्छी अहिले पाँच वटा भैँसी र १५ वटा बाख्रा पालेर बसेकी छिन्। उनले अहिले त्यसैबाट घर चलाउँछिन्।
आफूलाई सफल व्यवसायी भन्न रुचाउने इन्दिरा थापा आफ्ना दुई छोरीहरुलाई छाडेर पारिवारिक तनावले गर्दा ०६५ सालमा इजरायल पुगिन्।
इजरायलमा लामो समय बसी दुई वर्षअगाडि मात्र फर्किएकी उनी ईजरायलबाट फर्केका साथीहरुको समुहसँग मिलेर इजरायली प्रविधीबाट खाेलिएकाे कृर्षी फममा आवद्ध छन। जसमा झण्डै २० जनालाई रोगजारी दिइएको छ।
इन्दिराले इजरायलमा बसेका नेपाली मिलेर ‘सहयोगी मनहरुको समाज’ नामक सामाजिक संस्था पनि खोलेकी छन्। उनले भनिन्, ‘विदेशबाट फर्केपछि झापामा एउटा सानो घर बनाएँ। अहिले चाइनाटाउनमा ‘रुरुमाई किचन सेन्टर’ खोलेकी छु।’
तीन छोरीकी आमा इन्दिरा वैदेशिक रोजगारीमा गएर कमाएको पैसालाई नेपाल फर्केपछि उपयुक्त व्यापार व्यवसायमा लगाउन सके आत्मनिर्भर बन्न सकिने बताउँछिन्। ‘अब बाँकी जीवनलाई के खाऊँ के लाऊँ भन्ने अवस्था छैन त्यसैले ढुक्क छु’, उनले भनिन्।
लामो समय दक्षिण कोरिया बसेर नेपाल फर्किएकी लमजुङको बेशीशहरकी सरिता घिमिरे आफू विदेश जानुपरेको पीडाभन्दा पनि आर्थिक रुपमा सबल हुन सकेकोमा एकदमै खुशी छिन्।
‘कोरियाबाट कमाएर फर्किएकोले मैले आफ्नै व्यवसाय खोले र दर्जनौँ महिलालाई व्युटिसियनको तालिम दिन सकेँ’ उनी आफ्नो कामप्रति गर्व गर्दै भनिन्, ‘यतिबेला कोरोना सङ्क्रमणको कारण व्यवसाय सोचेअनुसार अगाडि बढ्न सकेको छैन। यस्तो बेला सरकारले हामीलाई आफ्नो पेशामा अडिने वातावरण बनाउनु जरुरी छ।’
वैदेशिक रोजगारीमा जाने महिला हुन् या पुरुष, दुवैका जीवनमा बेग्लाबेग्लै भोगाइहरु हुन्छन्। परिवारको सुन्दर भविष्यको सपना बोकेर विदेश जानेमध्ये कतिको सपना पूरा हुन्छ भने कतिको पूरा हुँदैन। उल्टो दुःख पाएर फर्किन्छन्।
वैदेशिक रोजगारीमा जाने महिला भन्नेबित्तिकै हिंसा र यौन शोषणका विषयहरु चर्चामा आउने गर्छ। उनीहरु मानव बेचबिखनसँग जोडिएका विषयहरु बढी बाहिर ल्याइन्छ। यसैलाई केन्द्रित गरेर सरकारले वैदेशिक रोजगारीमा महिलाको सुरक्षाको लागि भन्दै पछिल्ला दुई दशकमा विभिन्न प्रकारका संरक्षणात्मक नीति ल्याएको छ, जसअन्र्तगत कहिले उमेर त कहिले कार्यक्षेत्रका आधारमा वैदेशिक रोजगारीमा महिलालाई जान प्रतिबन्ध नै लगाइएको देखिन्छ।
महिलाको कमाइ स्वीकार्न नसक्ने अर्थात् महिला आर्थिक रूपले सशक्त रुपले उभिएको देख्न नसक्ने र आफूलाई मालिक र महिलालाई ‘दासी’ सम्झने पुरुषवादी सोचका कारणले नै नेपाली महिला सहज ढंगबाट वैदेशिक रोजगारीमा जाने वातावरण भन्ने बन्न सकेको छैन।
वैदेशिक रोजगारीबाट फर्किएका महिलालाई परिवारले चरित्रसँग जोडेर अनेकौँ लाञ्छना लगाउने र उनीहरुलाई आर्थिक रुपमा समाजमा स्थापित हुनबाट रोक लगाउने गलत मानसिकताका कारण नारीहरु वैदेशिक रोजगारीबाट कमाएर ल्याएको पैसाको सदुपयोग गर्न पाएका छैनन्। वैदेशिक रोजगारीमा गएका महिलाको सकारात्मक कथा अनि उनीहरुको योगदान कमै सुनिन्छन्।
राष्ट्रिय अर्थतन्त्रमा ‘रेमिटेन्स’ (विप्रेषण) को महत्वपूर्ण हिस्सा भएका मुलुकमध्ये नेपाल पनि एक हो। पछिल्लो तथ्याङ्क अनुसार, वैदेशिक रोजगारीमा ३५ लाख नेपाली कामदार रहेका छन्, जसमध्ये २ लाख ५० हजार महिला छन्। विदेश गएका महिलामध्ये ९० प्रतिशत अवैधानिक बाटोबाट सेवामूलक काममा गएको तथ्याङ्कले देखाएको छ।
सरकारी तथ्याङ्कअनुसार, नेपालमा सन् २०१७ मा वैदेशिक रोजगारीबाट ६९९ अर्ब विप्रेषण भित्रिएको थियो। यो नेपालको कुल ग्रार्हस्थ्य उत्पादनको एकतिहाई हो। विश्वको सम्बन्धमा चौथो उच्च अनुपात हो। जसमा महिला कामदारको योगदान ११ प्रतिशत रहेको छ।
‘यूएन वुमन’ को अध्ययनले वैदेशिक रोजगारीमा महिला जानुको कारणमा ५५ प्रतिशतको परिवारको आर्थिक अवस्था सुधार्ने, २४ प्रतिशतको बालबच्चाको भविष्य सुधार्ने र २४ प्रतिशतको ऋण तिर्ने रहेको छ। वैदेशिक रोजगारबाट आउने पैसाले पहिलेको तुलनामा धेरै परिवारले आफ्नो आवश्यकता पूरा गर्न सहज भएको बताएका छन्।
०६८ सालको जनगणनाले भारतमा रहेको नेपालीहरूको संख्या ५ लाख ८९ हजार ५० जना देखाएको छ। जसमा ८८.३ प्रतिशत पुरुष र ११ प्रतिशत महिला रहेका छन्।
वैदेशिक रोजगारमा जाने कामदारमध्ये प्रदेश १ र २ मा ५० प्रतिशत, बागमती र लुम्बिनीमा १६–१६ प्रतिशत, गण्डकी प्रदेशमा १३ प्रतिशत र कर्णालीमा ३ प्रतिशत र सुदूर पश्चिम प्रदेशमा २ प्रतिशत रहेको छ।
नेपालको संविधानले महिलाको रोजगारी गर्न पाउने, भेदभावरहित र स्वतन्त्र रुपले हिँड्डुल गर्न पाउने, स्वतन्त्र रुपले कामको छनौट गर्न पाउने अधिकारलाई मौलिक हकको रुपमा लिपिबद्ध गरेको छ तर पनि राज्यले विभिन्न बहानामा महिलालाई वैदेशिक रोजगारीमा जान रोक लगाउने काम वर्षौंदेखि गर्दै आइरहेको छ। सरकारको बन्देज नीतिले गर्दा महिला श्रमिकको लागि वैदेशिक रोजगारीको यात्रा कठिन बन्न पुगेको छ।
वैदेशिक रोजगारीमा महिलाले मात्र नभई पुरुषले पनि हिंसा, विभेद र यातना भोग्नुपरेको हुन्छ। त्यसैले वैदेशिक रोजगारीमा हिंसाका विषयलाई जोडेर नीतिहरु बनाउनुभन्दा सम्बन्धित देशको दूतावाससँगको समन्वय र सहकार्यमा हिंसा र विभेदका घटना हुन नदिन कसरी अगाडि बढ्ने भन्ने आवश्यक नीति बनाई कार्यान्वयन गर्न जरुरी छ।
यसैगरी बैदेशिक रोजगारबाट फर्केका महिला कामदारका परिवारलाई बैदेशिक रोजगारीबाट ल्याएको पैसालाई कसरी उद्यममा उपयोग गर्न सकिन्छ भन्नेबारे जानकारी मुलक छलफल कार्यक्रम संचालन गर्ने , बैदेशिक रोजगारीबाट फर्केर पेशा व्यवसाय गर्दै आएका महिलाहरुको कामको प्रचार गरी प्रधानमन्त्रि रोजगार कार्यक्रम संग आवद्ध गर्ने।
प्रदेश तथा स्थानिय तहहरुमा योजना तथा बजेट तर्जुमा गर्दा बैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुलाई उद्यमी बनाउने खालका कार्यक्रमहरु समावेश गरी त्यसलाई प्राथमिकता साथ कार्यान्वयनमा लैजाने।
बैदेशिक रोजगारीबाट फर्केर आएका महिलाहरुको सफल र व्यवसायिक कामकाजलाई अभिलेखिकरण गरी तिनको व्यापक प्रचारप्रसार गरी स्वदेशमै काम गर्न सहजिकरण गर्ने वातावरण निर्माण गर्न सकेमा ठूली कान्छि ईन्दिरा र सरीता जस्ता सैयौ बैदेशिक रोजगारीबाट फर्केका महिलाहरुको सफलताको कथाबाट अन्य महिलाहरुले समेत स्वदेशमै केहि गर्न सकिन्छ भन्ने अठोटका साथ नेपालमा लगानि गर्न सक्नेछन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया