न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
बिएल संवाददाता
एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपअन्तर्गत आज (बिहीबार) नेपालले समूह चरणको अन्तिम खेल कतारसँग खेल्दैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट हुने खेलमा नेपाल विजय भए समूह विजेता बन्ने छ। नेपाल याे खेल अगावै सेमिफाइनलमा पुगिसकेकाे छ।
नेपालले एक खेल अगावै सेमिफाइनलमा पुग्न पहिलाे खेलमा मलेसिया र दाेस्राे खेलमा ओमनलाई पराजित गरेकाे थियाे भने साउदी अरबियासँग अंक बाँडेकाे थियाे।
दुई खेलमा जित र एक खेलमा अंक बाँडेकाे नेपाल ५ अंकसहित समूहकाे दाेस्राे स्थानमा छ। ओमन ६ अंकसहित पहिलाे स्थानमा छ। नेपालले आजकाे खेल जितेमा ७ अंक हुनेछ भने वर्षाकाे कारण खेल रद्द भए पनि ६ अंक हुनेछ। ६ अंक भए पनि नेपाल समूह विजेता बन्नेछ, नेपालकाे रनरेट ओमनकाे भन्दा बढी छ।
प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेताले समूह बि को उपविजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनल खेलमा समूह बि को विजेताले समूह ए को उपविजेतासँग खेल्नेछ। सेमिफाइनल शनिबार हुनेछ। फाइनल सोमबार हुनेछ।
प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तासँग खेल्न पाउनेछ।
त्यस्तै शीर्ष तीनमा रहने टोली एसीसी इमर्जिङ कपको लागि छनोट हुने छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया