आकाशमा रहेको भ्रमण स्थल अर्थात् माउन्ट फान्जिङ [फोटो फिचर]

Photos– scmp

माउन्ट फान्जिङ चीनको दक्षिणपश्चिम गुइझोऊ प्रान्तको बुलिंग पर्वत श्रृंखलाको एक हिस्सा हो।  गत वर्ष युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेपछि थप विश्व–चर्चामा छ।

फान्जिङ पहाड प्रकृतिक र धार्मिक दृष्टिकोणले अति महत्वपूर्ण मानिन्छ। बौद्ध समर्थकहरूले यसलाई पवित्र स्थलका रूपमा चित्रण गर्छन्।

यहाँ पुग्ने पर्यटकहरू प्रायः आ–आफ्ना प्रेमी–प्रेमिकासँग भेटिन्छन्। कतिपयहरू यसलाई आकाशको भ्रमणस्थलसमेत भन्ने गर्छन्। यसक्षेत्रमा यस्ता प्रकृतिका थ्रुपै यस्ता चुचुराेहरू छन्।

उच्च शिखरमा दुईवटा मन्दिर छन्। न्यू गोल्डेन र रेड क्लाउड्स गोल्डेनका नामले परिचित यी मन्दिर पहाडको चुचुरोमा उभिएका छन्।

साँघुरो खोचमाथि पुगेर पर्यटकहरूले मन्दिरसँगै यसक्षेत्रको अवलोकन गर्छन्। छुट्टाछुट्टै टापूमा रहेका यी दुई मन्दिरको दर्शन गर्न टुप्पो–मै छोटो पुलसमेत निर्माण गरिएको छ।

प्रकाशित मिति: : 2021-10-29 06:58:00

प्रतिकृया दिनुहोस्