ढाकाकुमारको दुःखेसो–

‘समानुपातिक सांसद बन्दा डीपी अर्याल र मुकुल ढकाललाई तीन करोड बुझाएँ’

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित ढाकाकुमार श्रेष्ठले ‘आफूलाई समानुपातिक सांसद बनाउँदा’ पार्टीका उपसभापति डीपी अर्याल र महामन्त्री मुकुल ढकालले तीन करोड लिएको खुलासा गरेका छन्।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड ५० लाख रुपैयाँ मागेको टेलिफोन संवाद बाहिरिएपछि चर्चामा आएका ढाकाकुमारले सभापति रवि लामिछानेनिकट भनिएका अर्याल र ढकाललाई पार्टी कार्यालय र रेस्टुरेन्टमै पुगेर पैसा बुझाएको दाबी गरेका छन्।

‘रविजीको कोर टीममा रहेका खास–खास व्यक्तिहरूले तपाईंलाई सांसद बनाइदिन्छम्, तीन करोड पैसा दिनुहोस् भनेपछि नाई भन्ने कुरै भएन,’ उनले भने, ‘मैले सुरुमा मुकुलजीलाई एक करोड दिएँ। उहाँ पार्टी कार्यालय छेउको रेस्टुरेन्टमा हुनुहुन्थ्यो। पछि कार्यालयमै गएर डीपीजी र मुकुलजीलाई एक करोड ८४ लाख दिएँ।’

छोटो समय सांसद बनेका ढाकाकुमारले आमनिर्वाचनको प्रचारप्रसारका क्रममा आफूले रास्वपाका लागि व्यक्तिगत रुपमा १० देखि १५ लाखसम्म खर्चिएको जनाएका छन्। समानुपातिक सांसद बन्नका लागि उपसभापति र महामन्त्रीलाई दुई करोड ८४ लाख नगद बुझाएपनि पार्टी काममा खटिँदा शीर्ष नेताहरूले लाखौँ रुपैयाँ खर्च गर्न बाध्य पारेको उनको गुनासो छ।

‘मसँग धेरै पैसा थिएन, सांसद बन्ने नाउमा तीन करोडभन्दा बढी सकेँ,’ ढाकाकुमारले भने, ‘तर अहिले उनै साथीहरूले घात गरेँ। ममाथि अन्याय गरेँ। पार्टीले मलाईं मात्र दोषी बनायो।’

विवादित मेडिकल व्यवसायी प्रसाईंसँग घुस मागिएको भनिएको ‘कथित टेलिफोन संवाद’को आवाज आफ्नो नभएको उनले स्पष्ट पारेका छन्। ‘मैले पार्टीको लागि पैसा सक्काएको छु। सांसद बनाइदिन्छम् भन्दा उल्टै नेतालाई पैसा बुझाएको छु। तर कसैबाट एक–रुपैयाँ मागिनँ,’ उनले भने।

रास्वपाबाट निष्कासित भएपछि सांसद पद गुमाएका उनी यतिबेला न्याय माग्दै सर्वोच्च अदालत गएका छन्। अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा धेरै बहस नगर्ने बताइरहेका ढाकाकुमारले आफूले अदालतबाट न्याय पाइछाड्ने दाबी गर्छन्। ‘मेरो कुनै गल्ती छैन। म न्याय पाउँछु,’ उनले भने।

निष्कासित सांसद ढाकाकुमारको बोली जस्ताको त्यस्तै:

‘भर्खरै पार्टीमा जोडिएको थिएँ, मेरो कसैसँग चिनजान पनि थिएन। सांसद हुनुअघि रविजीसँग पार्टी कार्यालयमा दुईपटक भटघाट भएको थियो। उहाँले मलाई महामन्त्रीसँग समन्वय गर्नुहोस् भन्नुभयो, त्यसपछि मैले मुकुलजीसँग सम्पर्क गरेँ। पार्टीले समानुपातिक सूची तयार पार्दै थियो। उपसभापति डीपीजीले मलाई एकदिन राति फोन गरेर मेरो राजनीतिक पृष्ठभूमि, आर्थिक अवस्था, अध्ययन र पार्टीको गतिविधि कस्तो भइरहेको छ भनेर सोध्नुभयो? मैले सबै भनिबताएँ, अनि कुराकानी सकियो।

अर्कोदिन दिउँसोतिर महामन्त्रीजीको फोन आयो, उहाँले तपाईंको नाम सांसद हुने सूचीमा राखेका छौँ भन्नुभयो। त्यहाँ चाहीँ आन्तरिक भोटिङको नाटक पनि मन्चन गरियो थियो! म महिलो नम्बरमा भएको बताउनुभयो। मैले पनि सहमति जनाएँ। मुकुलजीले पार्टीलाई आर्थिक सहयोग चाहिन्छ भन्नुभयो, मैले पनि हुन्छ भनेँ। ऋण कारेर जम्मा गरेको पैसा, काठमाण्डौँ आएको बेला रेस्टुरेन्ट र पार्टी कार्यालयमै गएर दिएँ। अनि समानुपातिक सांसद बनेँ।’



डीपी अर्याल र मुकुल ढकालको खण्डन

प्रकाशित मिति: : 2023-05-24 18:00:00

प्रतिकृया दिनुहोस्

    रविका दुई हनुमानको कुन मान छ र, अपमान हुनु ! आरोप लगाउने घण्टीकै माननीय हुन्, लिने पनि घण्टीकै, दिने पनि घण्टीकै । केही न केही लेनदेन नभएको भए त कसरी भन्न सक्थे र ?

    • 10 महिना अगाडि
    • विवेक शर्मा

    घण्टी होईन नाँङगे बाबाको घण्टा जस्तो भयो रविको पार्टी, पार्टी चलाउन पैसा चाहिन्छ त्यसैले ढाकासंग पैसा लिएकै हो भने भै गो नि

    • 10 महिना अगाडि
    • James Magar

    मानहानी अवश्य हो | यो १२ - १३ भाई मध्यका कुनै न कुनै खलकहरुको उपज हो | यो मिडियाले यस्तो पाठ सिकोस कि जुन सजाए भोगेपछि कुनै पनि समाचार सम्प्रेषण गर्दा तथ्य कुरामा मात्रै आधारित समाचार बनावोस | कुनै पनि हालतमा मुद्दा दर्ता गराउनु होला | र अदालतले ढाड सेकिने गरी सजाए दियोस | धेरै शुभकामना |

    • 10 महिना अगाडि
    • BISHNU ADHIKARI

    आफुतिर प्रश्न सोझिएपछी उत्तर दिने पालो रबिको हो नि , होइन र ?? कसैले मैले पोइसो दिएको हो भन्दैमा खाड र रायामाझीलाई जेलै कोच्नु पर्ने, अनि रबिको मान्छे हो भन्दैमा केही भन्नै नहुने ??

    • 10 महिना अगाडि
    • स्वतन्त्र लामिछने

    कस्तो अपरिपक्व डाक्टर होला । त्यत्रो पैसा नगद बुझाएको पक्कै हैन । चेकको त प्रमाण हुन्छ । प्रमाण नपुग्ने कुरा किन बोल्नु ? सांसद बन्न करोडौ गुमाउनुको कारण के? के का लागि सांसद बनेको? भ्रष्ट डाक्टर ! आफु बिग्रेँ भनेर जे पायो त्यही बोल्ने? कहाँबाट ल्याएको त्यत्रो पैसा ?

    • 10 महिना अगाडि
    • लक्ष्मीप्रसाद घिमिरे