ओलीकाे आह्वान: माधव नेपालसँग गएकालाई फर्काउने पहल थाल्नू

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसँग गएका नेता तथा कार्यकर्तालाई फर्काउन पहल थाल्न आह्वान गरेका छन्।

तीन दिनदेखि जारी पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले अलमलमा र झुक्याएर लगिएका नेता तथा कार्यकर्तालाई फर्काउन आह्वान गरेका हुन्।

यसका लागि केन्द्रबाट पनि प्रयास हुने र तल्लो तहबाट पनि प्रयास थाल्न ओलीले आग्रह गरेका हुन्। ‘भ्रममा परेकालाई हामी पनि फर्काउने प्रयास गर्छौं, तलबाट तपाईंहरू पनि प्रयास गर्नुहोला’, अध्यक्ष ओलीले भने। 

प्रकाशित मिति: : 2021-10-03 16:36:00

प्रतिकृया दिनुहोस्