
नवीन रायमाझी
आफ्नै पार्टीका सदस्यहरूबाट ‘पातकी’ र बेइमानको उपाधिबाट विभूषित भएर हिँडेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली हाल पूर्वराजा ज्ञानेन्द्र शाहलाई छुद्र धम्की दिएर (कू)चर्चामा छन्।
एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको बकम्फुसे सपनाका समर्थक ओलीको कुरा गराइबाटै थाहा हुन्छ कि उनको बौद्धिकस्तर कतिको कमजाेर छ। मुखले एउटा बोल्ने तर काम अर्कै गर्ने, दुःखमा साथ दिएको मान्छेलाई सुख आउना साथ् बिर्सने, हावादारी कुरा गर्ने र आफूलाई सहयोग गर्ने मान्छेलाई धोका दिने कुरामा उनले निर्माण गरेको मानक सायदै कसैले भत्काउन सक्ला।
तेह्रथुमको एउटा गरीब परिवारमा जन्मिएका ओलीलाई कम्युनिष्ट नेता रामनाथ दाहालले आफ्नो घर झापामा ल्याएका हुन्। दाहालकै घरमा बसेर सानो-तिनो काम गर्दै लामो समय बिताएका ओलीले आजसम्म दाहालले आफूलाई गरेको सहयोगको बारेमा बोलेका छैनन्। लामो समय आफूसँगै राखेर राजनीतिको क, ख, ग सिकाउने मोहनचन्द्र अधिकारीको गुनपनि कहिले सम्झेका छैन। त्यस्तै नख्खु जेलमा बस्दा दिसा–पिसाबसमेत सफा गरेका सहकर्मी राधाकृष्ण मैनालीलाई पनि उनले पटकपटक धोका दिएका छन।
मैनालीकाअनुसार ओलीले गृहमन्त्री भएपछि रक्सी यति सेवन गरे कि उनको दुवै मिर्गौला नै फेल भयाे। राजनैतिक जीवनकालमा पनि ओली यति डरछेरुवा थिए कि कथित कम्युनिस्ट आन्दोलनको ‘बेसिक क्वालिफिकेसन’ (सामान्य याेग्यता) मानिने तोडफोड, आगजनी जस्ता क्रियाकलापमा उनको कुनै सहभागिता रहेन। मेहनत गर्ने बेलामा लुक्ने र फाइदा हुने बेलामा फुत्त निस्कने ओलीको विशेषता नै रह्यो।
मदनकुमार भण्डारीको दुर्घटनापछि ओलीले आफू देशको सर्वाेच्च पदमा रहँदाताका चुइक्कसम्म नबोल्नु रहस्यमय छ। यद्यपि, सत्तामा नहुँदा यिनकै कार्यकर्ताले आन्दोलनको नाममा सरकारी भौतिक सम्पत्तिको ठुलो क्षति गरेका छन्, जसको जिम्मेवारी यिनले लिनु नै पर्छ। पदमा नहुँदा हत्या भएको हो र आफूले सत्ता प्राप्त गरेको एक महिनामा छानबिन गरेर दोषी पत्ता लगाउने भनेर बम्किने तर सत्ता प्राप्त गरेपछि यो बारेमा कुनै कुरै नगर्ने गर्दा पनि यिनको नियत कत्तिको घटिया रहेछ भनेर जो सुकैले पनि आँकलन गर्न सक्छ।
साथसाथै, निर्मला पन्त बलात्कार काण्डपछि पीडितको आमा–बासँग गरेको गैरजिम्मेवार कुराकानी, श्रीमती जलाएर मार्नेलाई छोराको स्याहार गर्न अदालतले छोडेको जस्तो कतै नहुने निसाफको बिरोध भए पछिको उनको अभिव्यक्तिले पनि उनलाई कुनै संमवेदना नभएको मान्छे रहेछ भन्ने बुझ्न जो सुकैले पनि सक्छ।
ओलीले बिरोध गर्ने हो भने पनि शिष्ट रूपमा गर्नु पर्थ्यो तर उनी जस्ता बाल्यकालमा खाने बस्ने ठेगान नभएका भतुवाको त्यस्तो संस्कार हुनै सक्दैन। ओलीले पूर्वराजा ज्ञानेन्द्रलाई ‘फुरफुर नगर्नु’ भन्ने जस्तो अत्यन्तै तल्लोस्तरको धम्की दिएर ‘आकाशमा थुक्दा आफ्नै मुखमा छिटा’ भन्ने उखानलाई चरितार्थ गरेका छन्।
— @twitter#naviinr | याे लेखककाे निजी विचार हाे।
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया