राजकुमार लेखीले दिए लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा

फाइल तस्वीर
फाइल तस्वीर

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय कार्यकारणी समितिका सदस्य राजकुमार लेखीले पदबाट राजीनामा दिएका छन्।

आदिवासी जनजाती नेता लेखीले बिहीबार पार्टीका अध्यक्ष महन्थ ठाकुरसमक्ष राजीनामा पत्र बुझाएका छन्।

उनले पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएको विज्ञप्तिमार्फत जनाएका छन्।

‘अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेकोले पार्टीका सबै पदबाट राजीनामा दिएको छु’, नेता लेखीले विज्ञप्तिमा उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2021-09-30 11:30:00

प्रतिकृया दिनुहोस्