माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
बिएल संवाददाता
भुटानी शरणार्थी नेता टेकनाथ रिजालले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने परिचय पत्रमा सहीछाप गरेको स्विकारेका छन्।
प्रहरीलाई दिएको बयानमा उनले कतिको संख्यामा नक्कली परिचय पत्रमा सहीछाप गरेको हाे भन्ने खुलाएका छैनन्। तर उनले केही परिचय पत्रमा सहीछाप गरेको स्विकारेका छन्।
नक्कली परिचय पत्रमा सहीछाप गर्नुको कारण पनि रिजालले खुलाएका छन्। बयानमा भनेका छन्, ‘नेपाल सरकारको सुविधामा आश्रित रहेको म तलब सुविधा रोकिरहेको समयमा उक्त तलब पनि आउने आश्वसनपछि टोपबहादुर रायमाझी (पक्राउ परेका पूर्व उपप्रधानमन्त्री) र इन्द्रजित राई मुख्य भई काम गरिरहेका तथा बाहिरबाट तत्काल कर्मचारीको सरुवा-बढुवा गराउन, आफ्ना लागि तुरुन्त सेवासुविधा लिन सक्ने हैसियतका सानु भण्डारी र केशवप्रसाद दुलाल यस कार्यमा संलग्न भएकाले निजहरुको विश्वासमा मैले केही नक्कली परिचय पत्रमा सहीछाप गरिदिएको हुँ।’
भुटानी शरणार्थी नेता रिजालले केही नक्कली परिचय पत्रमा सहीछाप गरेको बताएपनि बाँकी कार्डहरुमा भने प्रविधिको प्रयोग गरेर सहीछाप दुरुपयोग गरेको बयानमा बताएका छन्। उनको नक्कली शरणार्थी प्रकरणमा एक पैसा पनि नखाएको दाबी छ।
तर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री एवं निलम्बित एमाले सचिव सायमाझीको संलग्नता सुरुदेखि नै रहेको रिजालको बयान छ। उनले भनेका छन्, ‘टोपबहादुर रायमाझीको यस कार्यको सुरुवातमा योजनाकारको रुपमा रहेका र अशोक पोखरेल, सानु भण्डारी र केशव दुलाललाई सल्लाह दिने, गृह मन्त्रालयमा समन्वय गर्ने र रकम लिने कार्यमा संलग्न छ।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया