कांग्रेसकाे भागमा सात मन्त्रालय, मन्त्रीकाे लागि पक्का भए यी नेताहरू

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेसँगै सरकारलाई मन्त्रिपरिषद् विस्तार गर्ने बाटाे खुलेकाे छ। 

त्यसाे त नेकपा (एस)का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नाे पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुकाे नाम बुझासकेका छन्। 

त्यस्तै सत्ता गठबन्धनभित्रकाे भागबण्डाकाे आधारमा कांग्रेसले सात वटा मन्त्रालय पाउने पक्का भएकाे छ।

कांग्रेसबाट हाल सरकारमा गृहमन्त्रीको भूमिका बालकृष्ण खाँण छन् । यस्तै, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र परराष्ट्रमन्त्री डा. नारायण खड्का छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी उमेश श्रेष्ठलाई दिइसकेका छन्।

यस अनुसार अब भने कांग्रेसले तीन मन्त्रीमात्र पाउनेछ। देउवानिकटका एक नेताका अनुसार दिलेन्द्र बडु मन्त्री बन्ने पक्का जस्तै छ। त्यस्तै डा. मीनेन्द्र रिजाललाई पनि मन्त्री बनाइँदै छ।

यसैगरी, कांग्रेसभित्रको कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको तेस्रो धारबाट नेता भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एक जना मन्त्री बन्नेछन् । तर, सिटौलाले सोमबार राति अबेरसम्म प्रधानमन्त्रीलाई कसैको पनि नाम दिएका छैनन्।



नेकपा (एस)बाट मन्त्रीकाे लागि पक्का भए यी नेताहरू, कसलाई कुन मन्त्रालय ?

आइतबार बसेकाे गठबन्धन बैठकमा पार्टी अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा सहभागी हुने मन्त्रीकाे सूची बुझाएका हुन्।

गठबन्धनभित्रकाे भागबण्डाकाे आधारमा नेकपा (एस)ले ६ मन्त्रालय पाउने पक्का भएकाे छ। अनुसार महिला तथा बालबालिका मन्त्रालय झाँक्रीलाई, खेलकुद मन्त्रालय जीवनराम श्रेष्ठलाई, शिक्षा मन्त्रालय विराेध खतिवडालाई, संस्कृति तथा पर्यटन मन्त्रालय चाैधरीलाई जिम्मेवारी दिने प्रबल सम्भावना छ।

प्रकाशित मिति: : 2021-09-28 07:29:00

प्रतिकृया दिनुहोस्