क्रान्तिको नाममा लुट, देशको नाममा धोका
बिएल संवाददाता
नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजसम्म ३२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। बाँकी जिल्लामा पूर्व निर्धारित कार्यतालिकाअनुसार शुक्रबारदेखि जिल्ला अधिवेशन प्रारम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये रसुवाबाहेक सबैमा पार्टीको जिल्ला अधिवेशन भएको र परिणाम आउने क्रममा रहेको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।
यसैगरी १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये हाल १२२ निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भएको र बाँकीमा अधिवेशन हुने क्रममा रहेको उनले बताए।
अधिवेशन प्रारम्भ भएका जिल्लामा मतदान भई परिणाम प्राप्त भइरहेको, मनोनयन गरी मतदान भइरहेको, सर्वसम्मतिको प्रयास भइरहेको छ। प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि निर्वाचित हुन्छन्। हालको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २५ जना र बढीमा २७ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ।
हाल प्रारम्भ भइसकेका १२२ निर्वाचन क्षेत्रबाट तीन हजार बढी महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन्। चौधौँ महाधिवेशनका लागि गत भदौ १८ गतेदेखि वडास्तरीय अधिवेशन प्रारम्भ गरेको कांग्रेसले त्यसयता अधिकांश जिल्लामा पालिकास्तरको अधिवेशन र प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ।
कांग्रेसको पछिल्लो संशोधित अधिवेशन कार्यतालिकाअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन÷एक क्षेत्रमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मङ्सिर ६ गते लागि निर्धारण गरिएको थियो।
यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन मङ्सिर १० गते शुक्रबार हुदैछ भने प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते गर्ने कार्यतालिका छ। कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुनेछ। क्रियाशील सदस्यताको विवादका कारण ढिलाइ भएको एकमात्र जिल्ला सर्लाहीमा भने शुक्रबार वडा अधिवेशन प्रारम्भ हुन लागेको छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया