चुडामणि शर्मालाई ५० लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

फाइल तस्वीर
फाइल तस्वीर

विशेष अदालतले आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा शर्मालाई ५० लाख धरौटीमा छाड्न आदेश दिएको छ।

सोमबार विशेष अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले शर्मालाई ५० लाख धरौटीमा छाड्न आदेश दिएको हो।

कर फर्छ्यौट आयोगका पदाधिकारीले कानून विपरीत बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ५ सय ८५ रुपैयाँ कर छुट दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मासहित तत्कालीन आयोगका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।



यस्ताे छ चुडामणी शर्मा लगायत ३ जनाविरुद्ध अख्तियारद्वारा अदालतमा दायर आरोप-पत्रको पूर्णपाठ 

प्रकाशित मिति: : 2021-09-27 17:41:00

प्रतिकृया दिनुहोस्