‘सहकारी पीडित’को तर्फबाट बहस गर्न भैरहवा उड्दै त्रिपाठी

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रुपन्देहीको सुप्रिम सहकारी संस्थाका पीडितहरूको तर्फबाट जिल्ला अदालतमा बहस गर्ने भएका छन्।

बुधबार उनले सामाजिकमार्फत भैरहवा उड्न लागेको बताएका छन्। भैरहवा उड्नै लाग्दा खराब मौसमले उडान ढिलाइ भएको उनले बताएका छन्।

त्रिपाठीले सामाजिक सञ्जालमार्फत भैरहवा उड्न प्लेन पर्खिरहेको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘भैरहवा उडानको प्रतिक्षामा/न्यायको यात्रा निरन्तर जारी- मौसमको अवस्थाले उडानमा अत्यधिक ढिलाईको अवस्था।’

त्रिपाठी सहकारी पीडितको तर्फबाट बहस गर्दैछन्। यसअघि पनि उनले पोखराको सूर्यदर्शन सहकारी र काठमडौंको स्वर्णलक्ष्मी सहकारी पीडितको तर्फबाट बहस गरेका थिए।

स्वर्णलक्ष्मी सहकारीमा पीडितको तर्फबाट बहस गरेका त्रिपाठीमाथि रास्वपा कार्यकर्ताले काठमाडौं जिल्ला अदालत परिसरमै आक्रमण गरेका थिए।

सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा बुधबार बहस हुँदैछ। 
मुख्य प्रतिवादी रवि लामिछाने मंगलबार नै बहसमा सहभागी हुन रुपन्देही पुगिसकेका छन्।

प्रकाशित मिति: : 2025-01-22 12:07:00

प्रतिकृया दिनुहोस्