ओली भन्छन्- जनतामा कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैन 

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई जनतामा कसरी भोट माग्न जाने होला भन्ने स्थिति नरहेको बताएका छन्।

ललितपुरको च्यासलमा आइतबार बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारले राम्रा काम गरेकाले जनतामा भोट माग्न जान कुनै गाह्रो नहुने बताएका हुन्।

‘जनताकोमा कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैन। केही काम नगरेका र खराब गरेकाहरू त चुनावमा जाने भन्दैछन्,’ ओलीले भने, ‘जनताको पक्षमा असाधारण काम भएका छन्। यो कुराको झलक राजनीतिक प्रतिवेदनमा छ।’

उनले आफू सरकारमा छँदा राम्रा काम गरेको र देश विकासको भिजन दिएको दाबी समेत गरे।

कुनै कारणले धक्का खायौं वा प्रतिपक्षमा पुग्यौँ भन्दैमा आत्तिनु नपर्ने भन्दै ओलीले फेरि पनि सम्हालिएर अगाडि बढ्न सक्ने बताए। 

प्रकाशित मिति: : 2021-09-26 15:23:00

प्रतिकृया दिनुहोस्