दल विभाजन अध्यादेशविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

फाइल तस्वीर
फाइल तस्वीर

सर्वोच्च अदालतले राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

संवैधानिक इजलासमा भएको सुनुवाइमा विपक्षी नेपाल सरकार, निर्वाचन आयोग र सभामुखसहितलाई कारण देखाउ आदेश जारी गरेको छ।

सर्वोच्चले दुवै पक्षलाई झिकाउने र विपक्षीबाट लिखित जवाफ माग गर्ने आदेश जारी गरेको छ।

अध्यादेशविरुद्ध अधिवक्ता प्रवेश केसी, अधिवक्ता अर्जुनकुमार अर्याल र शकुन्तला भुसाल, दिनेशकुमार अर्याल र अनुपा अर्याल, सरोज बुढाथोकी र आशिष श्रेष्ठ, श्रीकान्त बराल र दलबहादुरले रिट दायर गरेका थिए।

रिटमा मन्त्रिपरिषद्को सिफारिसमा जारी भएको अध्यादेश बदर गर्न आदेश माग गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २ मा मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेकी थिइन्।

प्रकाशित मिति: : 2021-09-24 15:03:00

प्रतिकृया दिनुहोस्