माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
टेकनारायण रिमाल ‘कौशिक’
१- चारु
एकाङ्गी
तिमीले दिएका ती वाचाहरूलाई।
सम्हालेर राखिछु आशाहरूलाई।
तिमी आऊ नआऊ त्यो तिम्रो खुशी हो
दिने छैन उठ्नै निराशाहरूलाई।
म बिर्सिदिउँला नि! सपना भनेर
पिरतीका झुटा तमाशाहरूलाई।
बुझाएर राखूँली सकेसम्म भित्रै
सधैँ मूल फुट्ने पिपासाहरूलाई।
जीवनसाथी मैले त चुनिसकिछु
मनका सबै अभिलाषाहरूलाई।
२-राग
प्रेमको सन्देश
फुलेर फूलले छऱ्यो।
सुवास वायुमा भऱ्यो।
जवान आँकुरा भए
तनाव दूर जो सऱ्यो।
प्रकाश फैलिई यहाँ
तमाम अन्धता हऱ्यो।
वसन्तको बहारले
नवीन सिर्जना गऱ्यो।
नवानुभूतिले जगत्
सुखानुभूतिमा पऱ्यो।
३-विराग
जून जलेको रात
अहो! आज के भो? जलेको छ जून।
बनी तीब्र आगो बलेको छ जून।
शरच्चन्द्र छर्थ्यो जगत्मा सुधांशु
विषैलो बुटो भै फलेको छ जून।
थियो ताजधारी नियाँ दण्डधारी
ढलाएर छाडे ढलेको छ जून।
बने भ्रष्ट तारा भनी लाज मानी
मुखै छोप्न रात्रि दलेको छ जून।
उज्यालो फिँजार्थ्यो मिसाएर शान्ति
दुखी देश देखी गलेको छ जून।
बिते पूर्णिमाका सयौँ रात रित्ता
नआई नआई छलेको छ जून।
उदाएर हाँस्थ्यो कतै देखिँदैन
कि आकाशबाटै चलेको छ जून?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया