नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
टेकनारायण रिमाल ‘कौशिक’
१- चारु
एकाङ्गी
तिमीले दिएका ती वाचाहरूलाई।
सम्हालेर राखिछु आशाहरूलाई।
तिमी आऊ नआऊ त्यो तिम्रो खुशी हो
दिने छैन उठ्नै निराशाहरूलाई।
म बिर्सिदिउँला नि! सपना भनेर
पिरतीका झुटा तमाशाहरूलाई।
बुझाएर राखूँली सकेसम्म भित्रै
सधैँ मूल फुट्ने पिपासाहरूलाई।
जीवनसाथी मैले त चुनिसकिछु
मनका सबै अभिलाषाहरूलाई।
२-राग
प्रेमको सन्देश
फुलेर फूलले छऱ्यो।
सुवास वायुमा भऱ्यो।
जवान आँकुरा भए
तनाव दूर जो सऱ्यो।
प्रकाश फैलिई यहाँ
तमाम अन्धता हऱ्यो।
वसन्तको बहारले
नवीन सिर्जना गऱ्यो।
नवानुभूतिले जगत्
सुखानुभूतिमा पऱ्यो।
३-विराग
जून जलेको रात
अहो! आज के भो? जलेको छ जून।
बनी तीब्र आगो बलेको छ जून।
शरच्चन्द्र छर्थ्यो जगत्मा सुधांशु
विषैलो बुटो भै फलेको छ जून।
थियो ताजधारी नियाँ दण्डधारी
ढलाएर छाडे ढलेको छ जून।
बने भ्रष्ट तारा भनी लाज मानी
मुखै छोप्न रात्रि दलेको छ जून।
उज्यालो फिँजार्थ्यो मिसाएर शान्ति
दुखी देश देखी गलेको छ जून।
बिते पूर्णिमाका सयौँ रात रित्ता
नआई नआई छलेको छ जून।
उदाएर हाँस्थ्यो कतै देखिँदैन
कि आकाशबाटै चलेको छ जून?
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया