विश्वकप क्रिकेट

भारत भर्सेस अस्ट्रेलिया: कसले मार्ला बाजी?

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटकाे उपाधिको लागि केहीबेरमा आयाेजक भारत र अस्ट्रेलिया प्रतिस्पर्धा गर्दै छन्। अहमदबादस्थित नरेन्द्र माेदी क्रिकेट स्टेडियममा दिउँसाे सवा २ बजेपछि सुरु हुने याे प्रतिस्पर्धा अत्यन्त कडा हुने अनुमान गरिएकाे छ।

भारत र अस्ट्रेलिया जारी विश्वकपका सबैभन्दा बलिया टाेली हुन्। जारी विश्वकपमा अहिलेसम्म सहभागी कुनै पनि टाेलीले पराजित गर्न सकेका छैनन्। भारतका अधिकांश खेलाडी उच्च लयमा छन्। भारतका विराट काेहली जारी विश्वकपमा सबैभन्दा धेरै रन प्रहर गर्ने खेलाडी हुने भने माेहमद शामी सबैभन्दा बढी विकेट लिने खेलाडी हुन्। यी दुईबाहेक भारतका कप्तान राेहित शर्मा र बलर जसप्रित बुम्ह्र पनि लयमा छन्।

जारी विश्वकपमा अस्ट्रेलिया पनि उच्च लयमा छन्।

यी दुई बलिया टाेली उपाधिकाे लागि दाेस्राेपटक आमनेसामने हुँदैछन्। यसअघि सन् २००३ काे उपाधिकाे लागि यी दुई टाेलीले प्रतिस्पर्धा गरेका थिए, जसमा भारत अस्ट्रेलियासँग १२५ रनले पराजित भएकाे थियाे। दुईपटककाे विश्वकप विजेता भारत अस्ट्रेलियासँग बदला लिँदै आज विश्व च्याम्पियन बन्ने याेजनामा छ।

भने, अस्ट्रेलिया पनि फेरि जित निकाल्दै छैठाैँपटक विश्वकप चुम्ने याेजनामा छ।

यी दुई टोलीबीच हालसम्म १५० वटा खेलहरु भएका छन्, जसमा अस्ट्रेलिया भारतमाथि हाबी भएको देखिन्छ। अस्टेलिया ८३ खेल र भारत ५७ खेल जितेको छ।

विश्वकपमा दुई टोली १३ पटक आमनेसामने भएका छन, जसमा अस्ट्रेलियाले ८ पटक जितेको छ भने भारतले ५ पटक अस्टेलियालाई हराएको छ।

प्रकाशित मिति: : 2023-11-19 13:54:00

प्रतिकृया दिनुहोस्