संखुवासभा हत्या प्रकरणः मृतकहरूको बुढीगंगा जमुना मुक्तिघाटमा अन्त्येष्टि (तस्वीरहरू)

तस्बिर सौजन्यःबिजय धिमाल

संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा भएको एकै परिवारको ६ जनाको सामूहिक हत्याका मृतकहरूको इटहरीस्थित बुढीगंगा जमुना मुक्तिघाटमा मा दाहसंस्कार गरिएको छ।

सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बुढीगंगा जमुना मुक्तिघाटमा दाहसंस्कार गरिएको हो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम भएकाले बुधबार अन्त्येष्टि गरिएको मृतकका भतिजा विनोद कार्कीले जानकारी दिए।

उनका अनुसार तेजबहादुर कार्कीका कान्छा छोरा रमेश शवको अन्त्येष्टि गरेका छन्। बिभत्सरूपमा भएको हत्याका मृतकहरूको बुधबार धरान स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि बुढीखोला घाटमा अन्त्येष्टि गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरूणकुमार बिसीले बताएका छन्।

सोमबार एकै परिवारका ८४ वर्षीय पार्वता कार्की, उनका छोरा ५८ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षीय कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन कार्की र नातिनी ७ वर्षीय गोमा कार्कीको हत्या भएका थियो। तेजबहादुरका दुई छोरा मध्ये दुबईमा रहेका कान्छा छोरा नरेश नेपाल फर्किएपछि उनीहरूको अन्त्येष्टि गरिएको हो।

प्रकाशित मिति: : 2021-09-08 20:36:00

प्रतिकृया दिनुहोस्