
प्रेम नेउपाने
म देश बचाउँ भन्छु
भाषा साहित्य र संस्कारसँगै
म मेरो, उसको र सबको
अस्तित्व बचाउँ भन्छु
उखेलेर भ्रष्टचारको जरा
यहाँ नातावादको नारा लाउनेहरु
पर्खाल बनेर उभिएका छन्।
माटोको कुरा गर्छन्
इतिहासको कुरा गर्छन्
सभ्यता र संस्कारको कुरा गर्छन्
अनि आफै बिक्छन्
करोड़ाैंको बिटाहरुमा।
हो,
म पनि अब बाङ्गिनु परेको छ
यी बिकुवाहरुलाई सबक सिकाउन
अब करोड़ होइन
अर्बाैको लालसा देखाएर
थाङ्नामा सुताउनु छ।
माटोको कुरा गरेर बाटो बेच्नेलाई
बाटोको कुरा गरेर लाटो बेच्नेलाई
हो,
मैले सबक सिकाउनु छ
उसैको लाश राख्ने माटो
मैले पनि बेच्नु छ
उ हिंड्ने चौडादार बाटो
मैले अब भत्काउनु छ।
इतिहासका कुरा गरेर
वर्तमान उजाड़ पार्नेहरु बग्रेल्तै भए
आफ्ना पौरख संग्रहालयमा सजाएर
पश्चिमी भई टोपल्नेहरु सैकडाैं भए
हो,
अब मलाई सबको नाम उठाउनु छ
अब सबको हिसाब देखाउनु छ
अब एउटा ज्वाला बनेर हिंड़नु छ
अब साँच्चै एउटा छुट्टै क्रान्ति ल्याउनु छ
हो,
यस्तै यस्तै केही
अनौठो कर्तव्य गर्नुछ।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया