प्रदेश–१ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए सपथ

प्रदेश–१ को मुख्यमन्त्रीको रुपमा भीम आचार्यले सपथ ग्रहण गरेका छन्। अहिले अन्य मन्त्री नियुक्ति नगरिने भएको छ।

विराटनगरको होटल एसियाटिकमा आजै संसदीय दलको बैठक बसेर दलको नेता चयन भएका आचार्यलाई मुख्यमन्त्रीको सपथ गराइएको हो।

संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो। आचार्यले संविधान अनुसार ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्नेछ। उनलाई विश्वासको मत लिन भने फलामको च्यूरा चपाउनु सरह हुने देखिन्छ।

प्रदेश–१ को मुख्यमन्त्रीबाट शेरधन राईले आजै प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीसमक्ष राजीनामा दिएलगत्तै आचार्यले सपथ ग्रहण गरेका हुन्।

प्रकाशित मिति: : 2021-08-26 12:27:00

प्रतिकृया दिनुहोस्