कति छ स्वास्थ्यमन्त्री तामाङकाे सम्पत्ति ?

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ कुल सम्पत्ति विवरण सार्वजनिक भएकाे छ।

स्वास्थ्यमन्त्री तामाङले जेठ २४ गते पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरण सार्वजनिक गरे पनि उनले सम्पत्तिको सम्पूर्ण विवरण दिएका थिएनन्। तर यतिबेला भने उनकाे कुल सम्पत्ति विवरण बाहिरिएकाे छ।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको काठमाडौंसहित देशका विभिन्न १४ ठाउँमा जग्गा रहेकाे पाइएकाे छ।

पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा पाइन्छ। उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा जग्गा छ भने तामाङको नाममा काठमाडौं र सिन्धुपाल्चोकमा जग्गा छ।

साथै तामाङसँग २२ तोला सुन रहेको पाइएकाे छ। उनकाे सम्पत्ति विवरण यस्ताे छ:

प्रकाशित मिति: : 2021-06-10 07:36:00

प्रतिकृया दिनुहोस्