बिएल संवाददाता
मातृभूमि जागरण अभियानका प्रस्तावक डा. भीम रावलले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीभित्र सत्ताको उन्मादमा निरंकुशता र तानाशाही प्रवृत्ति हाबी हुँदै गएकाे बताएका छन्।
मातृभूमि जागरण अभियान, साँफेबगर अछामले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै नेता रावलले नेपालमा तानाशाही मनोवृत्ति अस्विकृत भएकाे स्मरण गराउँदै निरंकुशताको सपना नदेख्न अध्यक्ष ओलीलाई चेतावनी दिए।
‘आज केपी ओलीहरू भनिरहनु भएको छ– अरु कसैले आवाज उठाउँछ भने उनीहरूलाई पनि हटाइदिन्छु। यो सत्ताको उन्मादमा उहाँमा चढेको निरंकुशता र तानाशाही प्रवृत्ति हो,’ उनले प्रश्न भने, ‘नेपालमा कुन तानाशाही बचेको छ र? केपी ओलीले सपना त देखेका होलान्! तर त्याे सपना राति देख्दा हुन्छ, विपनामा पूरा हुनेवाला छैन।’
त्यस्तै, उनले नेकपा (एमाले) पार्टी ‘बामाले’मा परिणत भएको र त्यसकाे समर्थक महासचिव शंकर पोखरेलको भन्दै उनकाे पनि आलोचना गरे। नेता रावलले ‘ओलीको निरंकुशता’लाई गाड्न अध्यक्ष ओलीको गृहजिल्ला झापा र महासचिव पाेखरेलकाे गृहजिल्ला दाङमा ठूलो खाल्डो पनि तयार भएको टिप्पणी गरे।
उनले भने, ‘चाहे झापामा भन्नुहोस्, चाहे बामाले। वा केपी ओलीको पक्षमा खुलेर लागेका महासचिवको दाङ जिल्लामा भन्नुहोस्। म यहीँबाट जानकारी गराउन चाहन्छु– निरंकुशतालाई गाड्न सबैभन्दा पहिले सबैभन्दा ठूलो खाल्डो कहीँ तयार भएको छ भने त्यो दाङ र झापामा छ।’
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया