 
                                            
                                        
                                    अमर अधिकारी
 
                                प्रचण्डजी! 
हेक्का राख्नुस्! तपाईंको पार्टीमा मेरा आफन्त र शुभचिन्तकहरू पनि छन्। तपाईंका कार्यकर्ताहरूलाई धम्कीको भाषा बोल्न नलगाउनुस्! स्वतन्त्र लेखकहरूको घरमा जाजुस पनि नखटाउनुस्। जसरी तपाईंको टाउकोबाट कपालका रौँहरू झर्दै गैरहेका छन् त्यसरी नै तपाईंको पार्टीप्रतिको विश्वास र आस्थामा कमी आइरहेको छ। यो कुरा गत निर्वाचनहरूले देखाइसकेका छन्। तपाईंका कार्यकर्ताहरूको मुर्खताका कारण तपाईंको पार्टी खस्किदै गएको पाइन्छ। 
म स्वतन्त्र लेखक हूँ, म कुनै पार्टी विशेषको मान्छे होइन। तर प्रजातन्त्र र लोकतन्त्रमा विश्वास गर्ने लेखक हूँ। मैले सिंहदरबारभित्र रहेर १२ वर्ष सेवा गरेको पूर्व राष्ट्रसेवक पनि हूँ। जनताको बुईं चढेर ठूला पार्टीहरूका नेताहरूले आफ्नो स्वार्थ पुरा गर्नेतिर लागेका धेरै प्रमाणहरू छन् मसँग। म अहिले पूर्व राष्ट्रसेवकको हैसियतले होइन, एक स्वतन्त्र लेखकको हैसियतले लेखहरू लेख्नेगर्छु।
महाभ्रष्टलाई अख्तियारको प्रमखु बनाइएको कुरा मैले भुल्दैन। त्यस्तै पेट्रोलपम्पका अर्बपति मालिकलाई संस्थानको सञ्चालक समितिको अध्यक्ष बनाइएको थियो। आठ कक्षा पनि नपढेकालाई संस्थानको संचालक सदस्य बनाइएको होइन? २०४८ पछि यस्ता नचाहिँदा काम त कति छन् कति। तपाईंकै कार्यकर्ताले मेरो कुर्सी टेबुल नै खोसेका थिए र मैले दुई महिना विदा लिएर बसेको थिएँ। कर्मचारीमाथि गरिने तपाईंका कार्यकर्ताको यस्ता घिनलाग्दा व्यवहार के मुलुकको हितमा छ?
२०८४ को निर्वाचन आउँदैछ, आफ्ना छाडा कार्यकर्ताहरूलाई नियन्त्रण गर्नुस्। उनीहरूलाई गाउँगाउँमा रहेका बाँझो खेतबारी खनजोत गर्न पठाउनुस्। श्रमका लागि युवाहरूलाई विदेश जाने वातावरण रोक्नुस्। पार्टीलाई सुधार गर्नुस्, जनताको मन जित्ने काम गर्नुस्। दशवर्षमा खाडीबाट दशहजारको लाश आउनुपर्ने अवस्था सिर्जना कसले गरेको हो? ख्याल गर्नुस्!
लेखकहरूको काम खबरदारी गर्ने हो, अहिलेसम्म मेरा लेखहरूबाट राष्ट्रियस्तरमा धेरै सुधारका काम हुँदैआएका छन्। कलमको शक्तिलाई कमजोर नठान्नुस्। लेखकहरूमाथि हुने तपाईंका कार्यकर्ताहरूका जासुसी काम र धम्कीका कामले अवश्य पनि तपाईं र तपाईंको पार्टीलाई क्षती पुग्ने निश्चित छ। पार्टी सुधारको बाटोतिर लाग्नुस्, आवश्यक सल्लाह चाहिएमा मसँग पनि लिनसक्नुहुनेछ। मेरा हरेक लेखहरू खोजेर पढ्ने गर्नुस्! देश किन बर्बाद हुँदै गएको छ?
म देशभक्त हूँ, मलाई देशको साह्रै माया लागेर आउँछ र मैले देशभक्तको हैसियतमा लेख-रचनाहरू गर्ने गर्छु। मैले साहित्यतर्फ व्यंग्य विधामा पनि कलम चलाउँछु र विकृति विसंगतिका विरुद्ध व्यंग्य पनि गर्छु।
म कुनै पनि पार्टीको विरोधी होइन, नचाहिँदा गतिविधिहरूको चाहीँ विरोधी पक्कै हूँ। कार्यकर्तालाई जनहितका काममा परिचालन गर्नुस्। ठग-चोर-फटाहा-लुटेरा जस्ता अपराधीहरूसँगको संगत छोड्नुस्। पार्टी सुधार गर्नुस्! मेरो शुभकामना छ!!!
अमर अधिकारी, रोल्पा
कीर्तिमानी लेखक/साहित्यकार
 
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया