महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
बिएल संवाददाता
विवाह इतर यौन सम्बन्ध राख्नेलाई एक वर्षसम्म जेल सजाय हुने व्यवस्था राख्दै इन्डोनेशियाको संसद्ले नयाँ फौजदारी कानुन पारित गर्ने तयारी गरेको छ।
कानुनको मस्यौदा तयारीमा सहभागी राजनीतिज्ञ बामबाङ वयुरान्तोले अर्को हप्तासम्ममै नयाँ कानुन पारित भइसक्ने बताएका छन्।
प्रस्तावित कानुन पारित भए यस्तो प्रावधान इन्डोनेशियाली नागरिक मात्र नभएर त्यहाँ बस्ने विदेशीहरूका हकमा पनि लागु हुने बीबीसीले जनाएकाे छ।
तर व्यभिचारमा कारबाही हुनका लागि यसको पक्षले प्रशासनमा उजुरी गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
विवाहित व्यक्तिको हकमा पीडित पक्षको श्रीमान् वा श्रीमतीले उजुरी दिन सक्छन्। यस्तो कानुनले विवाह नगरेका व्यक्तिहरूले यौन सम्बन्ध राखेको उजुरी उनीहरूका आमाबुवाले दिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ।
प्रस्तावित कानुनले विवाहअघि हुने सहवासमा प्रतिबन्ध लगाउँदै यस्तो कसुरमा छ महिनाको जेल सजाय हुनसक्ने व्यवस्था गरेको छ।
व्यवसायिक घरानाहरूले यस्तो कानुनका कारण देशको बिदा मनाउन र वैदेशिक लगानीका लागि राम्रो गन्तव्यका रूपमा रहेको देशको छविमा असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको रोयटर्सले जनाएको छ।
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया