स्याङ्जाको आँधिखोला गाउँपालिकामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्।
आँधिखोला-५ स्थित कृषि-ओहिया भित्री कच्ची सडक खण्डमा शुक्रबार राति ओहियातर्फ जाँदै गरेको ग१क ५१३९ नम्बरको टिप्पर सडकबाट करिब ५० मिटर तल खसेको थियो।
दुर्घटनामा परेका मध्ये पर्वत कुश्मा नगरपालिका-१४ का ३७ वर्षीय चन्द्रबहादुर नेपालीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
घाइते हुनेहरूमा सल्यान सारदा नगरपालिका-७ बस्ने १५ वर्षीय हरि परियार, स्याङ्जा आधिँखोला गाउँपालिका-२ ओहिया बस्ने ३३ वर्षीय कमल नेपाली, चितवन राप्ती नगरपालिका-६ भण्डारा बस्ने ४१ वर्षीय प्रकाश विक र सोही ठाउँका ४१ वर्षीय सुमित्रा विक छन्।
घाइतेहरूको पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।