कांग्रेस महाधिवेशन

[अपडेट] मतदान सकियो, ४५६२ मत खस्यो, मतगणना राति १० बजेपछि

नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको निर्वाचन सकिएको छ। 

मंगलबार दिउँसो साढे तीन बजेदेखि सुरु भएको मतदान साढे ९ बजे सकिएको छ। 

चार हजार ७४३ मतदातामध्ये चार हजार ५६२ ले मतदान गरेका छन्। 

दोस्रो चरणमा भएको मतदानको गणना आजै राति १० बजेबाट सुरु हुने कांग्रेस चौधौं राष्ट्रिय महाधिवेशन मिडिया सेन्टर संयोजक डा. सुरेश आचार्यले जानकारी दिए। 

सोमबार भएको मतदानमा सभापतिका कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशत भन्दा धेरै मत नपाएपछि आज दोस्रो चरणमा मतदान भइरहेको हो। पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भइरहेको छ।

निर्वाचनमा शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा रहेका छन्। 

प्रकाशित मिति: : 2021-12-14 01:16:00

प्रतिकृया दिनुहोस्