संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विकास निर्माणमा भएको गतिरोध चिर्न अध्यादेश ल्याएको बताएका छन्।
छोटो समयमा हुने सरकार परिवर्तनले नेपालको विकासलाई खण्डित गरेका कारण दुई ठूला दल मिलेर सरकार निर्माण गरेको बताउदै गर्दै विकासको गतिरोध चिर्न अध्यादेश ल्याएको दाबी गरे।
बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने नरसिंहधामको संरक्षणको बारे आयोजित कार्यक्रम बोल्दै उनले बुढीगण्डकी सरकारले उच्च महत्व दिएका जलविद्युत आयोजना मध्ये एक भएकाले आयोजना सफल हुने दाबी गरे। नरसिंहधामको संरक्षणको लागि एक अर्ब ५० करोडको लागतमा धाम क्षेत्रलाई सिसाभित्र राख्ने योजना आगाडी सारिएको छ।
मन्त्री पाण्डेले यो योजना नेपालको लागि नयाँ भएकोले विस्तृत अध्ययनपछि मात्र यो विषय टुंगो लगाउने बताए।