बिहिबार, ३१ जुलाई २०२५

उपसभामुखलाई कारबाही गर्न रास्वपा नेताहरूकाे माग

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
Break n Links
• • •

उपसभामुख इन्दिरा रानामगरले काठमाडौँस्थित अमेरिकी दूतावासलाई लेखेको एउटा पत्रले राजनीतिक वृत्तमा तहल्का पिटिरहेको छ।

बिचौलियाको भूमिकामा रही केही युवाहरूबाट ‘मोटो रकम उठाई’, अमेरिकी भिसा माग्दै दूतावासलाई पत्र पठाएपछि नेपाली कांग्रेस र रास्वपाका कतिपय नेताहरूले कारबाहीको माग गरेका छन्।

सन् २०२३ फेब्रुअरी २६ मा उपसभामुख रानामगरले अमेरिकी दूतावासलाई आफूसहित ६ जनाको नाम लेखेर न्युयोर्कमा आयोजित गैरसरकारी संस्था ‘सिएसडब्यू–६७’को कार्यक्रमका जान लागेको भन्दै भिसा मागेकी थिइन्। तर, दूतावासले उपसभामुखको भूमिकालाई ‘शंकाको घेरा’मा राखेर भिसा नै दिएन।

उपसभामुखको लेटरप्याड प्रयोगगरी ‘०००७२६’ नम्बरको कूटनैतिक पासपोर्टवाहक इन्दिरा रानामगर, उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनप्रसाद गुरुङका लगि भिसा मागिएको छ।

घटना १७ महिना अघिको भएपनि अमेरिकी दूतावासलाई लेखेको त्यो पत्र अहिले छताछुल्ल भएको छ। उपसभामुख ‘मानव तस्करीमा मुछिए’को भन्दै रास्वपाका कतिपय सांसद्हरूको माग कारबाहीको माग गरेका छन्।

‘उपसभामुखज्यूले संसदीय मर्यादाविपरितको आचरण गर्नुभयो। उहाँ अहिले हाम्रो पार्टीमा नभएपनि मूल जग त रास्वपा नै हो नि!,’ रास्वपाकी एक सांसद्ले भनिन्, ‘उहाँलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्छ।’

रास्वपा स्रोतकाअनुसार उपसभामुख रानामगरले आफ्नो पदीय हैसियत बिर्सिएर कतिपय युवालाई अवैध रुपमा अमेरिका पठाउने धन्दा चलाउन खोजेको सूचना पाएपछि सभापति रवि लामिछाने र तत्कालीन महामन्त्री मुकुल ढकाललाई जानकारी दिएको थियो। तर, उनीहरू उपसभामुखलाई सचेत बनाउनेभन्दा पनि ढाँकछोप गर्ने काममा लागेको ती सांसद्ले बताइन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!