रघु परियार
फूलहरू
प्रत्येक दिन मन्दिरमा बलि चढ्छन्
र पनि त खुशी छ -
मान्छेको नजरमा
तर कहिल्यै सोधिएन फूलहरुलाई
न त कहिल्यै बुझ्न खोजियो -
फूलहरूको
चाहना, इच्छा, आकांक्ष
बरु भनियो पटकपटक कि
फूलहरू सुन्दर हुन्छन्
फूलहरू कोमल हुन्छन्
फूलहरू सुगन्धित हुन्छन्
तर फूलहरूले कहिल्यै पाएनन् स्वस्तन्त्रता
न त साँच्न पायो जिजीविषा
न त बाँच्न पायो आफू अनुकूल
फूलहरुको नियति भनौं -
मान्छेले भगवान् बनाइदिएको छ
भगवान्का निम्ति फूलहरूलाई फुलिदिनु परेको छ ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया