पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनाबाट पूर्णरुपमा स्वास्थ्य लाभ गरेतापनि अस्पतालमै छन्। यसको कारण हो, आफ्नी धर्मपत्नी तथा पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था।
पूर्वराजा–रानी कोरोना संक्रमणका कारण करिब तीन साता नर्भिक अस्पतालमा भर्ना भएका थिए। दुवै कोरोना मुक्त भएका छन्। तर, कोमलको अक्सिजन ‘लेभल’ सोचे जति माथि नआउँदा उनलाई थप उपचारको लागि अस्पतालमै राखिएको छ।
पूर्वरानी कोमललाई पहिले पनि विभिन्न स्वास्थ्य समस्या छ। राजा बिरेन्द्रसहित राजपरिवारको दरबार हत्यकाण्डमा युवराज दीपेन्द्रले चलाएको गोलीको छर्रा कोमलको शरिरमा पनि लागेको थियो।
भारतको उत्तरखण्डस्थित केदारथान मठका मठाधिसको निम्तोमा १२ वर्षपछि लागको कुम्भ मेलामा शाही स्नान लागि पूर्वराज–रानी गत महिना भारत गएका थिए।
पूर्वराजा ज्ञानेन्द्रले शाही स्नानमा भाग लिएपनि कोमलले राजधानी दिल्लीमा बसी स्वास्थ्य परिक्षण गराएको दरबार स्रोतले बिएल नेपाली सेवालाई बतायो।
‘अहिले कोरोनाको संक्रमण छैन। तर, महारानीको अक्सिजन ‘लेभल’ सोचे जस्तो बढेको छैन। त्यसैले सरकार पनि अस्पतालमा बसेर थप स्वास्थ्य लाभ गरिरहनु भएको छ।’ स्रोतले बतायो।
भारतबाट फर्किए लगत्तै पूर्वराजा–रानी तथा पूर्वराजअधिकारी कुमारी प्रेरणालाई कोरोना संक्रमण भएको थियो। प्रेरणा पनि कारोना मुक्त छिन्।