बिएल संवाददाता
मुगुकी एक सुत्केरी आमाको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ।
जिल्ला अस्पताल मुगुले सुत्केरी गराउन नसकेपछि छायाँनाथ रारा नगरपालिका–१३ लुमा गाँउकी २५ वर्षीया ठुमा खड्कालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
उनलाई बिहीबार रातीदेखि सुत्केरी बेथा लागेको थियो। बिहान मात्र उनी जिल्ला अस्पताल पुगेकी थिइन्।
तर जिल्ला अस्पताल ठिनीमा आईसियु कक्षको व्यवस्था नहुँदा हेलिकोप्टरमार्फत उद्धार गरेर कर्णाली प्रदेश अस्पतालमा सुर्खेतमा लगिएको हो।
जिल्ला अस्पताल मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीका अनुसार उद्धार गरिएकी महिलाको दुई वर्षअघि अप्रेसन गरेर बच्चा निकालिएको थियो।
यस पटक पनि सर्जरी गर्नुपर्ने भएपछि सुर्खेत पठाइएको उनले बताए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया