रवि लामिछानेलाई फेरि प्रहरी हिरासतमा पठाइयाे

Break n Links
Break n Links

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई फेरि प्रहरी हिरासतमा पठाइएको छ।

आइतबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई न्यायिक हिरासतमा पठाउने आदेश दिएको हो।

आज बयान सकिएपनि थुनछेक बहस नभएपछि उनलाई सोमबार पुनः अदालत पेस गर्ने गरी न्यायिक हिरासतमा पठाइएकाे हाे।

काठमाडौँकाे कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा मुद्दा दायर भएपछि उनी आइतबार बिहान आफैँ अदालतमा हाजिर भएका थिए।

न्यायाधीश अधिकारीको इजलासमा उनकाे बयान सकिएकाे भएपनि थुनछेक बहस नभएपछि प्रहरीकाे जिम्मा लगाउने आदेश भएको हो।

लामिछानेमाथि स्वर्णलक्ष्मी सहकारीकाे ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ हिनामिना गरेकाे आराेप छ।

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। त्यसपछि उनी धरौटीमा रकम बुझाएर शुक्रबार काठमाडाैँ आएका हुन्। 

प्रकाशित मिति: : 2025-01-12 16:39:00

प्रतिकृया दिनुहोस्